Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

बनेपामा प्रथम मेयर कप फुटबल असोजमा

Friday, September 14, 2018 National Power

काठमाडौं – काभ्रेपलान्चोक जिल्ला बनेपामा ‘बनेपा नगरपालिका प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । प्रतियोगिता बनेपा नगरपालिकाको मुख्य आयोजना तथा ५ नं। वडा कार्यालयको संयोजनमा हुन लागेको हो ।

‘‘स्वस्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ संचालन हुने उक्त प्रतियोगीतामा बनेपा नगरपालिकाभित्रका १४ वटा वडाहरुबीच प्रतिस्पर्धा हुने र प्रतियोगीता भव्य रुपमा सफल पार्न बनेपा नगरपालिका ५ नं। वडाका वडा अध्यक्ष बलराम अधिकारीको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको छ । मेयर कपमा १ वटा वडाबाट बढीमा २ टिम दर्ता गर्न पाउने संयोजन समितिले जानकारी दिए ।

मेयर कप आउँदो २०७५ असोज १९ गते शुक्रबारदेखि नेपाल बनेपा पोलिटेक्निक इस्टिच्युटको खेल मैदान ९चाईना टाउन०मा हुने । इच्छुक टिमले असोज १९ गते अगाडि नै प्रतियोगिता मुल संयोजन समितिसँग सम्पर्क गरी टिम दर्ता गर्न अव्हान गरेका छन् ।

–  अरबिन्द्र गौतम  / काभ्रेपलान्चोक