Sunday 18th October 2020

    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय    उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते    विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

सोविताको “वराङ्गना” असोज ५ मा सार्वजनिक हुदै (प्रोमो सहित)

Wednesday, September 12, 2018 National Power


काठमाडौं – कलाकार सोविता सिम्खडाले तिन बर्ष अघी एउटा उपन्यास लेख्न सुरू गरिन, यो बिचको समयमा आएका धेरै कामहरूलार्इ छोडेर उनी निरन्तर यसैमा डुबिरहिन , अन्तत उपन्यास लेखन सकियो र अब सार्वजनीक हुने दिन नजिकिएको छ ।
वराङ्गना नाम रहेको सोविताको उपन्यासको पहिलो भिडियो प्रोमो उनले ४ दिन अघी मात्र सार्वजनिक गरिन । आफुले उपन्यास लेखीरहेको कुरा उनले आफ्ना निकटका केही ब्यक्तीहरूलार्इ मात्र भनेकी थिर्इन । प्रोमो सार्वजनिक भए संगै उनको चर्चा बढेको छ । सोविता भन्छीन छोटो समयमा पाएको प्रतिकृयाले उत्साह थपिएको छ ।

चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब वराङ्गना उपन्यास संगै साहित्यकार पनि बनेकी छिन । असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक वराङ्गना सार्वजनिक हुदैछ , सोविता अहिले त्यसैको तयारीमा छिन , बिमोचन कार्यक्रमलार्इ केही पृथक गर्ने उनको सोच छ ह ।

सार्वजनिक वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ , यस्को निर्माणको सबैले प्रशंसा गरेका छन ।


शन्देश नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सोविताले एक दर्जन बढी चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन ।
यस्का अलावा सोविता ओशो सन्यासी पनि हुन । उनको उपन्यासको धेरै पन्नाहरू तपोबन बसेर उनले सृजना गरेकी थिर्इन । प्रोमो सार्वजनिक भएपछि ओशो जगतमा उनले अझ धेरै माया पाएकी छिन ।उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो ।

“वराङ्गना” को  प्रोमो