Friday 4th December 2020

    निर्देशक खरेल परिवर्तन सम्मान २०७६बाट सम्मानित हुदै, सोही समारोहमा हरि तारा चलचित्र पुरस्कार र श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरिदै    आज १२ सय ७२ संक्रमित थप    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

प्रधानमन्त्री र गृहमन्त्रीलाई अदालतबाटै प्रकाण्डले दिए कडा चेतावनी

Sunday, September 9, 2018 National Power


२४ भाद्र, काठमाडौं /अरबिन्द्र गौतम – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् ।

जिल्ला अदालत दाङबाट तीन दिन म्याद थप गरिएपछि बाहिरिने क्रममा विश्वकर्माले यसको मूल्य चुकाएर छाड्ने पनि चेतावनी दिए । नेता विश्वकर्माले गृहमन्त्री तथा आफ्ना पूर्वसमकक्षी रामबहादुर थापा बादलप्रति आक्रोश पोख्दै यसको मूल्य तिर्न नसक्ने गरि चुकाएर छाड्ने चेतावनी पनि दिए ।

‘१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’, उनले भने, ‘उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् । यसको मूल्य नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।’