Friday 4th December 2020

    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन    अजय देवगनको १६ वर्ष पुरानो फिल्म रिलिज हुँदै

तिजको दर खाँदा ३ सय जनाभन्दा बढी बिरामी

Saturday, September 8, 2018 National Power


अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रे – पाँचखाल नगरपालिका–१२ कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा तीन सयजना भन्दा बढी बिरामी भएका छन् । ग्रामिण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

घटनास्थल जनभावना प्राविमा स्थापना गरिएको स्वास्थ्य शिविर, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल अस्पताल र शीर मेमोरीयल अस्पतालमा बिरामीको उपचार भैरहेको छ । पाँचखाल नगरका प्रमुख महेश खरेलको नेतृत्वमा जनप्रतिनिधिहरु बिहानैदेखि घटनास्थल गएर प्राथमिक स्वास्थ्य उपचार दिएको कारण बिरामीहरुले समयमा नै उपचार पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरी र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि धुलिखेल पठाएका थिए विशाक्त खानाका कारण बिरामी भएको अस्पतालले जनाएको छ । तर स्थानीयले त्यस क्षेत्रमा केराउ चनालगायतका गेडागुडीको सुरक्षाको लागि ‘एमोनियम सल्फेस’ नामक विषादीको ट्याब्लेट बोराको बीचमा राख्ने गरिएको र केराउ पानीमा भिजाउने क्रममा त्यो ट्याब्लेट पनि पानीमा ढाडिएर त्यही विषादीको कारण बिरामी भएको आशंका गरेका छन् ।

स्थानीयका अनुसार केराउको अचार नखाने स्थानीय भने बिरामी परेका छैनन् । १५ सय सदस्य रहेको सहकारीको दर कार्यक्रममा ५ सय जना सहभागी भएका थिए । पत्रकार मैनालीका अनुसार एकै घरका ७ जनासम्म बिरामी भएका छन्