Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

काभ्रेको प्रहरीले पक्राउ गर्‍यो अपहरणकारी

Thursday, September 6, 2018 National Power

काभ्रे- भक्तपुरबाट व्यक्ति अपहरण गरी काभ्रेतर्फ ल्याउने क्रममा प्रहरीले आठ जना अपहरणकारीलाई पक्राउ गरेको छ । अपहरणकारीले सिन्धुपाल्चोक हेलम्बु गा।पा ४ बस्ने बर्ष ४७ का बिष्णु कटुवाललाई अपहरण गरी ल्याउँदै गर्दा उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

भक्तपुरको सल्लाघारीबाट अपरिचित ब्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखि जबरजस्ती नालाको बाटो हुदै काभ्रे तर्फ ल्याउँदै गरेको उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक सुनिल जंग शाह र पनौति प्रहरी चौकीको प्र।ना।नि शिबहरी कार्किको टोलीले धुलिखेल न।पा ५ चौकोटबाट पक्राउ गरेको प्रहरी निरिक्षक शाहले जानकारी दिए । उनीहरुलाई बा।५।च ८७३५ नं को प्राईभेट कार, बा।७८।प ५०५ नं को मो।सा र बा।३४।प ५०० नं स्कुटी सहित पक्राउ गरेको शाहले तेमाल अनलाइनलाई बताए ।

पक्राउ पर्नेहरुमा बनेपा न।पा १ बस्ने बर्ष २३ को दिपक भुजेल, नमोबुद्द न।पा १० बस्ने बर्ष ४० को राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने बर्ष २६ को कृष्णहरी अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा।पा ५ घर भई सुर्यबिनायक बस्ने बर्ष २९ को रामेश्वर सिलवाल, जिल्ला मकवानपुर पालुङ ७ बस्ने बर्ष ४२ नकुल कार्की ९गाडी चालक ०, जिल्ला रामेछाप खाडादेबी गा।पा १ बस्ने बर्ष ३५ को टेक ब।बि।क, काठमाडौं महनगरपालिका २८ बस्ने बर्ष ४२ को धननारायण तण्डुकार, जिल्ला सि।पा सुनकोशी गा।पा ५ घर भई हाल मकवानपुर बस्ने बर्ष २८ को रन्जन सिलवाल रहेका छन् ।

पक्राउमा परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि महानगरिय प्रहरी परिसर भक्तपुरमा पठाउने तयारी भईरहेको प्रहरी निरिक्षक शाहले तेमाल अनलाईनलाई जानकारी दिए ।