Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चार महिनामा ११८ बालिका बलात्कृत

Friday, August 31, 2018 National Power

काठमाडौँ । पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो । प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् । प्रतिवेदन अनुसार सबैभन्दा बढी चैतमा ५७ जना बालबालिका बलात्कृत भएका छन् । जसमध्ये ५५ जना बालिका छन् भने दुई जना बालक जर्मन नागरिकबाट यौनदुव्र्यवहारको शिकार भएको पाइएको छ ।यस्तै, वैशाखमा २८ जना, जेठमा १३ र असारमा २२ बालिका बलात्कारको शिकार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक नै रहेको छन् भने बाँकी वयस्क रहेका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।