काठमाडौं । आजदेखि चौथो विमस्टेक सम्मेलन सुरु हुँदैछ । त्यसको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आईपुगेका छन् । विमस्टेकको लागि सरकारले काठमाडौं उपत्याकाका विद्यालय आज र भोलीको लागि बन्द गराएको छ
सवारी साधनलाई जोरविरोज प्रणाली लागू गरेपनि विदेशी पाहुनाको नेपाल सवारी तथा एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्दा सडक नै बन्द गराएको छ । विदेशी पाहुनाको लागी सहज वातावरण बनाउँदा सर्वसाधारणका लागि बिम्स्टेकले बिजोगमात्र भोग्न वाध्य बनेको छ ।
सरकारले आफू व्यवस्थित बनिरहँदा सर्वसाधारणको सास्तीलाई भने विल्कुलै वास्ता गरेन। बिहानदेखि साँझसम्म यात्रुको बिजोग देखिन्थ्यो सबैतिर। जसै साँझ ढल्दै गयो, गन्तव्यका लागि गाडीको प्रतीक्षामा रहेकाहरुको भिड बाक्लिन थाल्यो।
सबैजसो बस स्ट्यान्डहरुमा मानिसहरु धर्यता कायम राख्दै कुरिरहेको देखिन्थ्यो। तर, सबै गाडी चल्दासमेत अव्यवस्थित सार्वजनिक यातायात आधाउधी गाडी चल्दा कुन अवस्थामा होला