Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

बुटवलमा प्रिन्सिपल द्वारा बालिका माथी बलात्कार

Wednesday, August 29, 2018 National Power

अरबिन्द्र गौतम
भदौ १३,काठमाडौं । बुटवल उपमहानगरपालीका–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक तोयाराम पौडेलले विद्यालयको होस्टेलमा बस्ने एक छात्रालाई यौन दुव्र्यहार गरेको होस्टेलमा बस्दै आएकी छात्राले आरोप लगाएकी छिन ्र

प्रधानाध्यापक पौडेलले विभिन्न तरिकाले यौन दुव्र्यहार गरेको पिडीत छात्राले बताएकी छिन् । कक्षा १० मा पढने एक छात्राले बिदामा घर गएकाबेला आफु होस्टेल नबस्ने भन्दै अभिभावक संग गुनासो गरेपछी अभिभावकले सोधपुछ गर्दा उक्त कुरा बाहिर आएको हो ।

होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रधानाध्यापकले राती कोठामा बोलाउने र शरीर छामछुम गर्ने गरेको भन्ने गुनासो गरेपछी घटना बाहीर आएको हो ्र बुधबार सयौको संख्यामा विद्यालयमा गएका अभिभावकहरुले विद्यालय घेराउ गरेका छन्र आरोपित प्रधानाध्यापक पौडेल लाइ प्रहरीले नियत्रन्णमा लिएको छ ।