Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने

Wednesday, August 29, 2018 National Power

काठमाडौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने भएका छन् ।

देशको अर्थतन्त्र धेरै कमजोर भएको र त्यसको सुधारमा ध्यान दिनुपर्ने भन्दै उनले महासभामा नजाने बताएका हुन् ।

मंगलबार बेलुका पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले यसको पुष्टी गरे । प्रधानमन्त्रीको सट्टा विदेशमन्त्री शाह मेहमुद कुरेसीले आगामी सेप्टेम्बर १८ मा उद्घाटन हुने राष्ट्रसंघको ७३ औं महासभामा पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

उनले पत्रकारसँग भने, ‘प्रधानमन्त्री खान महासभामा जाँदैनन् । पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व मैले गर्नेछु ।’

पाकिस्तानमा नयाँ प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने कि देशको आर्थिक मुद्दाहरुमा ध्यान केन्द्रित गर्ने भन्नेबारेमा चर्को बहस भएको थियो ।

कुरेसीले पत्रकारसँग भने, ‘प्रधानमन्त्रीले देशको अहिलेको अवस्थाको कारणले आफूले धेरै ध्यान दिन आवश्यक भएको महसुस गर्नुभएको छ ।’

गत आर्थिक वर्षमा पाकिस्तानको अर्थतन्त्र ५।८ प्रतिशतले वृद्धि भएको थियो र जुन विगत १३ वर्षमा सबैभन्दा बढी हो ।

तर, विद्यमान मुद्रा संकट तिब्र रुपमा वृद्धि हुँदै गरेको अर्थतन्त्रलाई धरापमा पार्न सक्ने अवस्था देखिएकाले प्रधानमन्त्री खानले आर्थिक मुद्दाहरुमा केन्द्रित रहेर समस्या समाधान गर्न चाहेको बताएका