Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ को मृत्यु

Wednesday, August 29, 2018 National Power

काठमाडौं । सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन्।

मंगलबार राति साढे ९ बजेतिर बागचौर नगरपालिका वडा नं ४ मा घर भत्किदा एकै परिवारको पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पहिरोमा परि ४० बर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकली कामी, सात वर्षीय छोरी गंगा , ६ वर्षीया अर्की छोरी प्रमिला र ४ बर्षीय छोरा रुपलालको मृत्यु भएको शाहीले बताए ।

पहिरोमा परि ११ वर्षीया सुनिता विक भने घाईते भएकी छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।