Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

विद्यालय भत्किँदा पठनपाठनमा समस्या

Wednesday, August 29, 2018 National Power

अरबिन्द्र गौतम काठमाडौं
काठमाडौं । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । उहाँले भन्नुभयो, “विद्यालय भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको छ ।”

कक्षा बाह्रसम्म पढाइ हुने सो विद्यालयको आठ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको हो । विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समय भएकाले चौरमा पढाउन समेत समस्या भएको छ ।” विद्यालयले भवन पुनःनिर्माणका लागि सरोकारवालासँग आग्रह गरेको छ । उक्त विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत छन् ।