Friday 11th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

आजदेखि जोरबिजोर प्रणाली लागू

Wednesday, August 29, 2018 National Power

काठमाडौँ ।   आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ ।बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् ।सम्मेलनका दौरान भीआइपीहरुको सवारी हुँदा ट्राफिक आवागमनमा असहज हुने भन्दै जोरबिजोर प्रणाली लागु गरिएको हो ।

आइपीको सवारी हुँदा कम्तिमा आधा घण्टा सडक प्रभावित हुनेछ ।हाल काठमाडौँ उपत्यकाको सडकमा १ मिनेटमा औसतमा १३० वटा गाडी चल्ने गर्दछ । कोटेश्वर क्षेत्रमा त यो औसत २ सय रहेको छ । यसरी आधा घण्टासम्म सवारी आवगमन प्रभावित हुँदा अत्याधिक जाम हुने भएपछि जोरबिजोर प्रणाली लागू गर्नु परेको महाशाखाले जनाएको छ ।यसअघि, सार्क सम्मेलन र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिइए पनि यसपटक भने नेपाल सरकारले बिदा दिएको छैन ।

यसअघि बिदा दिँदा ब्यापकरुपमा विरोध भएपछि सरकारले बिदा नदिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ ।

त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार नम्बर प्लेटमा अन्तिम अक्षर विजोर १, ३, ५, ७ र ९ भएका निजी र सर्वाजनिक सवारी चल्न पाउनेछन् ।१४ गते बिहिबार जोडी अक्षर भएका सवारी मात्र चल्न पाउनेछन् । जसमा नम्बर प्लेटको अन्तिम अक्षर ०, २, ४, ६ र ८ रहेका सवारी छन् ।