Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा

Tuesday, August 28, 2018 National Power

१२ भदौ, काठमाडौं – सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । मंगलबार बसेको सुरक्षा महाशाखाको बैठकले जोर विजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजेदेखि विहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ ।

त्यस्तै, विमस्टेक सम्मेलनमा खटिने र आमन्त्रित पाहुनाहरू, हवार्इ सेवामार्फत राजधानी बाहिर जाने यात्रु, अत्यावश्यक सवारी साधन र सूचना विभागको परिचय पत्र भएका पत्रकारका लागि पनि यो नियम लागू नहुने जनाइएको छ ।