Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

बनेपाको गोसाईस्थानको सरसफाई

Tuesday, August 28, 2018 National Power

अरबिन्द्र गौतम /  काभ्रे – काभ्रेको बनेपा नगरपालिकाको वडा नं ६ बुडोल स्थित नगरकै मुख्य धार्मिक स्थल गोसाईस्थानमा आईतबार जनैपुर्णिमाको अवसरमा मेला लागेको थियो । त्यहि मेलाका कारण उत्पन्न फोहोर ब्यबस्थापन गर्न गोसाइस्थान शैलेश्वर महादेव संरक्षण समितिले आयोजना गरेको सरसफाई अभियानमा उपप्रमुख दाहालले झाँडु लिएर पुगेकी हुन । सफाई अभियान वडा नं ६ वडा कार्यालय रहेको बुडोलचोकबाट शुरु भएको थियो ।

गोसाईस्थान सरसफाई गर्न वडा अध्यक्ष सचितानन्द केसीले पनि साथ दिएका थिए । सरसफाई अभियानमा बुडोलमा रहेको काभ्रे माविका विद्यार्थीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीयहरु उल्लेख्य रूपमा उपस्थीत भएका थिए ।

वडा अध्यक्ष सचितानन्द केसीले स्वच्छ वातावरण विद्यार्थीको खास भूमिका रहने बताए । विद्यालयमा सिकेका वातावरण जोगाउने कुरा तपाईहरूले आफ्नो परिवारमा गएर भन्नु भयो भने मात्रै पनि हाम्रो वातावरण राम्रो हुन ठूलो मद्दत पुग्छ, उनले भने अहिले देखिनै वातावरण जोगाउन लागेनौ भने हाम्रा पुस्ताले हामीलाई धिकार्ने छन् ।

गोसाइस्थान शैलेश्वर महादेव संरक्षण समितिका अध्यक्ष भैरव केसीले गोसाईस्थानको सरसफाईलाई आगामी दिनमा पनि निरन्तर दिन सबैलाई आग्रह गरे ।