अरबिन्द्र गौतम
काठमाडौं बलात्कारविरुद्ध आन्दोलनमा होमिएका अधिकारीकर्मीहरुले कपाल मुण्डन गरेका छन् । बलात्कारबाट मृत्यु भएकाहरुको सम्झनामा उनीहरुले कपाल मुण्डन गरेका हुन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन्
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जयनारी अभियान्ता साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।
कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको अभियान्ता सावित्रीले बताइन् । भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट प्रर्दशन गर्दै चर्चामा आएकी सावित्री लगायत अधिकारकर्मीहरुले आफ्नो आन्दोलनलाई नयाँ स्वरुप दिएका हुन् ।