Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

म्यानमारका सेनाले नरसंहार गरेको हो स् संयुक्त राष्ट्र संघ

Tuesday, August 28, 2018 National Power

काठमाडौं ।भदौ १२स् संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ। रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ ।

सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमानविरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा समेत गरेको छ।

प्रतिवेदनले म्यानमारका सेनाले लगातार भेदभावको रणनीति लिएको पनि जनाएको छ । यस्तै, प्रतिवेदनमा म्यानमार सेनाका उच्च ६ अधिकारीलाई मुद्दा चलाउनु पर्ने उल्लेख गरिएको छ । म्यानमारमा सेनाको दमनमा परी ७ लाख रोहिंग्या मुसलमान विस्थापित भएका छन् ।

म्यानमारमा भएको यस घटना अनुसन्धान गर्न राष्ट्रसङ्घको टोलीलाई म्यानमार प्रवेश गर्ने अनुमति दिइएको थिएन । राष्ट्रसंघको टोलीले भूउपग्रहबाट खिचिएका तस्बिर तथा भिडिओका आधारमा प्रत्यक्षदर्शीहरुलाई भेटेर यो प्रतिवेदन तयार पारेको हो ।

म्यानमारका नेताहरूले नरसंहार गरेको भन्ने आरोपको यो पहिलो प्रतिवेदन भएको बीबीसीका संवाददाता जनाथन हेडले बताएका छन् । रोहिंज्या मुसलमान र अल्पसङ्ख्यक समुदायमाथि मानवता विरोधी अपराध गरेको आरोप म्यानमारका सैन्य अधिकारीलाई लागेको छ ।