Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेकपाको जिल्ला अध्यक्ष बन्न काभ्रेका नेताहरुको दौडधुप सुरु

Thursday, August 16, 2018 National Power

३१ साउन, अरबिन्द्र गौतम/काभ्रे – नेपाल कम्युनिस्ट पार्टीले भाद्र ५ गतेसम्म केन्द्र देखि जिल्ला सम्म पार्टीलाई एकीकृत गर्ने निर्णय गरेपछि काभ्रेमा पुर्व एमाले र पुर्व माओवादी केन्द्रका नेताहरु जिल्ला अध्यक्ष बन्ने दौडधुपमा व्यस्त छन ।

जिल्ला अध्यक्ष लागि पुर्व राज्यमन्त्री देखि पुर्व सभासद सम्मले दावी गरेका छन । अध्यक्षका लागि एमालेबाट पुर्व सभासद रामहरि सुवेदी , जिल्ला सचिव नारायण पाण्डे र कुमार थापाले दावी गरेका छन भने माओवादी बाट पुर्व राज्यमन्त्री सुर्य मान दोङ ९लालध्वज० ले दावी गरेका छन ।

काभ्रेपलान्चोक जिल्ला कसको भागमा अध्यक्ष र सचिव भन्ने टुङ्गो नलागेको हुनाले दुवै पार्टीका नेताहरूले जिल्ला अध्यक्षका लागि लबिङ गरिरहेका छन । एमाले निकट स्रोतका अनुसार काभ्रेमा जिल्ला अध्यक्ष एमालेको भागमा रहने छ । एमालेले जिल्ला अध्यक्ष पाउँदा रामहरि सुवेदी र नारायण पाण्डे बिच प्रतिस्पर्धा हुने देखिन्छ । रामहरि सुवेदीको सम्भावना बलियो देखिएको र उनी अध्यक्ष हुदा दुवै पार्टीलाई स्विकार्य हुने नेकपाका जिल्ला नेताहरुले बताएका छन ।