Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अमृत खाती र स्मृति गौतमको तीज गीतमा नायिका अनु यसरी नाचिन् ( भिडियो सहित)

Sunday, August 12, 2018 National Power

काठमाडौँ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेका तीज गीतहरु पनि आफ्नै कला संस्कृति र मौलिकता बाट केहि बाहिर गएर तयार भए कि भन्ने गुनासो बेला बखत आउने गर्दछन् । यसरी आइरहेको गुनासोलाई छोप्ने क्रममा पोहोर सालको तुलनामा यस बर्ष ९०५ भन्दा माथि गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेर तयार भएका छन् ।

सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक अमृत खाती र स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ । यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दा मनै फुरुंग हुने यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको रहेको छ ।

निकै रोमान्चक सैली बाट तयार पारिएको एक गीतको म्युजिक भिडियोमा अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।