Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

काभ्रेमा नगरपालिका र गाउँपालिकालाई प्राथमिक स्वास्थ सामाग्री वितरण

Sunday, August 12, 2018 National Power

धुलिखेल /अरबिन्द्र गौतम – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा को प्रमुख अतिथिमा प्राथमिक स्वास्थ सामाग्री वितरण समारोह काभ्रेको धुलिखेलमा सप्पन्न भएको छ। प्राथमिक स्वास्थ्य सम्बन्धि विभिन्न सामानहरुको वितरण कार्यक्रममा अथिति को रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा बरिस्ठ हास्यकलाकार हरि बंश आचार्य नेपाल सरकारका अर्थ सचिव राजन खनाल प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राहुत उपस्थित हुनुभयको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

छ वटा नगरपालिका र एक गाउपालिकाले उक्त सामाग्री पाएका थिए प्राय जसो सबै नगरपालिकाका प्रमुख र उपप्रमुख ले उपस्थिति जनाउनु भएको कार्यक्रम को आयोजक पत्रकार महासंघ काभ्रे सिंघापुर नेपाल र प्रारम्भ संस्था । मिलि यो कार्यक्रम समापन भयो। विगत मा प्राकृतिक प्रकोपले निम्त्याउने समस्या को समाधान मा सबैको साथ र सहयोग आवश्यक पर्न सहभागी हरुले जनाउनु भयो ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो ।