Saturday 27th September 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

चलचित्र निर्देशक खरेल सम्मानित

Sunday, August 12, 2018 National Power

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेल बक्स अफिस म्युजिक भिडियो अवार्डबाट सम्मानित भएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा सक्रियतापुर्वक लागेर ठुलो योगदान पुर्याको भन्दै बक्स अफिस म्युजिक भिडियो अवार्डमा सम्मान गरेको अवार्डका अध्यक्ष आर के सुवेदीले बताएका छन् ।


ढुङ्गे युग जस्तो मौन चलचित्र निर्देशन गरेर नेपाली चलचित्र जगतमा पहिलो पाईला चालेका खरेल चलचित्रको ईतिहासमा पहिलो मौन चलचित्र निर्देशकका रुपमा स्थापित व्यक्ति हुन् । उनले हाल सम्म आधा दर्जन नेपाली चलचित्रका साथै दुई दर्जन भन्दा बढी बृतचित्र,म्युजिक भिडियोे लेखन तथा निर्देशन गरिसकेका छन् । दर्जन भन्दा बढी उनकै शब्दका नेपाली तथा देश भक्तिका गीतहरु बजारमा छन् ।


संगीत तथा नाट्य प्रतिष्ठानका उप कुलपति एवम् बरिष्ट संगतिकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्राज्ञ तथा संगीतकार शान्ति राम राई,बरिष्ठ संगीतकार महेश खड्का ,संगीतकार चेतन साप्कोटा,बसन्त सापकोटा लगायत विविध विधा र क्षेत्रका कलाकारहरुको सहभागिता रहेको थियो ।

नेशनल बक्स अफिसले सिङ्गापुरमा गर्न लागेको नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डको पुर्व सन्ध्यामा सहभागि सम्पुर्ण कलाकारहरुलाई प्रमाण पत्र तथा सम्मान पत्र वितरण गरिएको छ । पेप्सीकोला फुटवल ग्राउण्डमा सम्पन्न भएको कार्यक्रमामा गीत संगीत क्षेत्रमा आवद्ध कलाकारहरु विच रमाईलो मैत्रिपुर्ण फुटवल प्रतिष्पर्धा
समेत गरिएको थियो ।