Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

म्यूजिक खबरकी सम्पादक पोखरेलको ‘विरानो भो माइतीको आँगनी’

Sunday, August 12, 2018 National Power

२७ साउन, काठमाडौं – म्यूजिक खबर पाक्षिक एवम् म्यूजिक खबर डटकमकी सम्पादक सबिता पोखरेलको शब्दमा तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ वरिष्ठ गीतकार उन्नती शीला बोहराको प्रमुख आतिथ्यता एवं चर्चित गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतको उपस्थितिमा उक्त गीत सार्वजनिक भएको हो ।

म्यूजिक खबरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै चर्चित गायक शिव परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सबिता पोखरेललाई शुभकामना दिएका थिए । गायिका काव्य आचार्यको स्वरको मिठास सुन्न पाएको भन्दै गायक परियारले गीतसंगीत क्षेत्रमा पत्रकारिताका माध्यमले महत्वपूर्ण योगदान पु¥याउँदै आएकी पत्रकार सविता पोखरेललाई गीतकारको रुपमा देख्न पाएको भन्दै शब्दशिल्पीको प्रशंसा गरेका थिए ।

त्यसैगरी गीतकार संघका उपाध्यक्ष भरत बमजनले गीतकार सविता पोखरेलको शब्द लेख्ने शैलीले लोभ्याएको बताएका थिए । उनले विरानो भो माइतीको आँगनीमा शब्द, संगीत र स्वरसँगै एरेन्जमेन्ट र भिडियो पनि राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले गीत संगीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिएकी थिइन् ।
त्यस्तै गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविता पोखरेलको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनुहुने आशा व्यक्त गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ एवं गीतकार उन्नती शिला बोहराले माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झनासमेत व्यक्त भएको बताउँदै गीतकार सविता पोखरेलको पहिलो सिर्जना जस्तो नलागेको बताएकी थिइन् । माइतीघर छाडेर पराइघर जाने चेलीको परम्पराभित्र मनमा गुम्सिएका अनेकौं वेदनालाई मात्र नभएर साथीसंगीतसँग खेलेको बालापनको समेत सम्झना गरेको गीतमा स्वर, संगीत र भिडियोले मन छुने बनेको बोहराले बताइन् ।

कार्यक्रममा गीतसँग आबद्ध स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम संचारकर्मी राधिका अधिकारीले संचालन गरेकी थिइन् । विरानो भो माइतीको आँगनी बोलको गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीको अभिनय रहेको म्यूजिक भिडियोलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् भने दिनसन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।