Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुँदै ( विज्ञप्ती सहति)

Friday, August 10, 2018 National Power

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुती र नेशनल पावर न्यूज डट कम र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने भएको छ । (सन् २०१५ अप्रिल देखी २०१८ अगष्ट ३० सम्म) वि.सं २०७२ साल बैशाख १ गते देखी २०७५ साल आश्विन १ सम्म विभिन्न विधाममा निर्माण भएका डकुमेन्ट्री फिल्महरुलाई महोत्सवमा सहभागी गराईने आयोजकले वताएका छन् ।

यो एक वृहत वौद्धिक प्रतिस्प्रधात्मक कार्यक्रम हो । यसले नेपाल भित्र रहेका विविध किसिमका धार्मीक, सांस्कृतिक, प्राकृतिक, विकास निर्माण एवं जस–जसले नेपालको पर्यटन लगायत विविध क्षेत्रको प्रर्वद्धनका लागी वृत्तचित्रको माध्यमवाट कार्य गरिरहेका छन् उनिहरुलाई प्रतिस्प्रर्धाका माध्यमले पुरस्कृत गर्दै सम्वन्धित क्षेत्रमा काम गर्न हौसला दिनेमा यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएकोे आयोजक समितिका राजन थापाले वताएका छन् ।

उत्कृष्ट डकुमेन्ट्री (पर्यटन ), उत्कृष्ट डकुमेन्ट्री ( मानव अधिकार ), उत्कृष्ट डकुमेन्ट्री (विकास निर्माण), उत्कृष्ट डकुमेन्ट्री (स्वास्थ्य एवं शिक्षा ), उत्कृष्ट डकुमेन्ट्री ( सामाजिक उत्तरदायित्व), उत्कृष्ट डकुमेन्ट्री ( जेष्ठ नागरिक ,महिला तथा वालवालिका) लगायतका ६ विधा र उत्कृष्ट सम्पादक, उत्कृष्ट छायांकार, उत्कृष्ट लेखन, उत्कृष्ट स्वराङ्कन, उत्कृष्ट निर्देशक गरी ५ विधामा अवार्ड दिईने छ भने जुरी, ईनकरेज्मेन्ट, पव्लिक च्वाईस र क्रिटिक्स अवार्ड समेत कार्यक्रममा प्रदान गरिने पीम नेपालको प्रबन्ध निर्देशक कमला जोशीले वताएकी छिन् ।

नेपालमा वर्षमा के कति अनुपातमा वृत्तचित्रहरु निर्माण हुन्छन् र के कस्ता वृत्तचित्रहरु निर्माण भएका छन् भन्ने थाहा पाउनका लागि पनि यो कार्यक्रम फलदायी हुनेछ साथै उत्कृष्ट वृत्तचित्रहरुलाई सम्वन्धित निकायहरुले प्रदर्शन एवं प्रचार प्रसारका लागी ध्यान समेत केन्द्रित गर्न दवाव दिने भएकाले यो कार्यक्रम वृत्तचित्रका निर्माताहरु र निर्माणका क्रममा सहभागी हुने सर्जक एवं प्रविधिकहरुलाई समेत फलदायि हुने विश्वास लिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन ।

आजैवाट पीम नेपाल डकुमेन्ट्री महोत्सव २०१८ को फर्म खुल्ला गरिएको आयोजक समितिका पुरुषोत्तम सानुले वताएका छन् । जसको विस्तृत जानकारी नेशनल पावर न्यूज डट कमवाट पनि लिन सकिने वताईएको छ । कार्यक्रमको ईभेन्ट म्यानेजम्यान्ट मिडिया एण्ड ईन्टरटेनमेन्टले गर्ने छ ।