Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

भुम्लगाउँपालिकामा स्थानीय सरकार प्रदेश सरकाले पहिरो गएका बस्ती अनुगमन गरि राहत वितरण कार्यमा तिब्रता

Friday, August 10, 2018 National Power

२५ साउन,काभ्रे /अरबिन्द्र गौतम – काभ्रे जिल्लाको भुम्लुगाउँपालिका ९१ सापिङ रिठ्ठे देउरालीमा १४० परिवार विस्तापित नै भैसकेको छ । उच्च जोखिमपछि स्थानीय प्रशासनको सहयोगमा केही परिवारलाई सेतिदेवी माविमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा बाढी र पहिरोबाट हुनसक्ने क्षती र त्यसपछिको उद्दारका हाइअलटमा प्रहरी खटिएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले बताए ०७२ सालमा चर्किएको ज्याम्दी, हल्देटार, सापिङ लगायतका डाडाहरु चर्किएका थिए ।

छियाछिया बनेका डाडा कमजोर भै पहिरो खसेको स्थानीय सत्यलाल तामाङले बताए । पहिरो पीडितहरुका लागि मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाले सुरक्षित स्थानको पहिचान गरि उनीहरुलाइ स्थानान्तरणका लागि पहल गरिरहेको छ । तथापि, राहतका लागि कुनै निकायले चासो नदिएको उनीहरुको गुनासो रहेको छ ।