Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

ईन्दिरा र अनिताको “दिदी बहिनी” तीज गित वजारमा (भिडियो सहित)

Tuesday, August 7, 2018 National Power

काठमाण्डौ  – गायिका इन्दिरा रजक र अनिता कुवरको आवाजमा ‘दिदी बहिनी’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बावुल गिरीको शब्द र सङ्गीत रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भने सुस्मिता ढकाल र अनिता केसीलाई फिचरिङ गरिएको छ भने गीतको भिडियोमा दिदी बहिनी माईतिमा गएर दर खाने अनि पुराना साथीसङ्गी अनि बाबा आमासङ्ग नाच्ने रमाउने भाव प्रष्टाउन खोजएकोछ । तडक भडक शैलिको तीज गीतहरु वजारमा आईरहेको अवस्थामा यो तीज गीतले भने आफ्नो मौलिकतालाई कायमै राखेको पाईन्छ ।

बिक्रम चौहानको कोरियोग्राफी रहेको उक्तगीतको भिडियोमा मिलन मगरको सम्पादन छ । बिझाउदो रैछ आखैमा पनि बोलको चर्चित गीत बाट एकाएक चर्चामा आएकी इन्दिराको यो तीजको चौथो गीत हो ।