Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

उद्धारको प्रतिक्षामा दुई बालक, हेलिकप्टरको लागि प्रहरी प्रमुखको गुहार

Monday, August 6, 2018 National Power

२१ साउन,अरबिन्द्र गौतम र काभ्रे-अविरल वर्षाको कारणले बागमती खोलामा आएको बाढिमा काभ्रेका दुई बालक फसेका छन् । उनीहरुको तत्काल उद्धार नहुने हो भने बाढिले बगाउँने संकेत देखिएको छ काभ्रेको खानिखोला गाविस ७ मिल्चेका १२ वर्षीय सञ्जय थिङ र ९ वर्षीय दिनेश डिसी विहान ११ बजे माछा मार्न खोलामा गएका थिए ।

मकवानपुर जिल्ला साविक बेतिनी गाविस सिसौघारि स्थित खोलमा माछा मार्ने क्रममा एक्कासी बाढि आएपछि खोलाको बीचको थुम्कोमा अलपत्र परेका हुन ।तालढुङगा प्रहरी चौकीबाट त्यहाँ पुग्न करिब २ घण्टा पैदल हिँड्नु पर्छ ।

अविरल वर्षा र बाढिका कारणले त्यहाँ हालसम्म कोहि पनि पुग्न सकेको छैन ।जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख रविराज खड्काले दुई बालकको उद्धारका लागि तत्काल हेलिकप्टर पढाइदिन अनुरोध गरेका छन् ।