Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

Monday, August 6, 2018 National Power

२१ साउन, काठमाडौं – झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो ।

श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।