Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मधेश प्रदेश भनेर साम्प्रदायिक कुरा उठाउने भनेको त्यहाँको जनताले होईन राजनितिक व्यक्तिले मात्रै हो : मन्त्री यादव

Tuesday, July 31, 2018 National Power

काठमाण्डौ – दुई नम्बर प्रदेशले कृषिलाई बढी भन्दा बढी प्राथमिकता दिइरहेको अर्थ मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बताए ।

नेशनल पावर न्युजको पावरटकमा बोल्दै मन्त्री यादवले समगै राष्ट्रलाई अन्नमा समृद्ध बनाउने दुई नम्बर प्रदेशमा पहिलो प्राथमिकता कृषि रहेको र यस पछि अन्य विकास निर्माणका कार्यहरु पनि प्रभावकारी रुपले अगाडी बढाउन सदनमा कुरा चलिरहेको बताए ।

प्रदेश नम्बर दुईले सरकारको कुरा मान्दैन आफ्नै तरिकाले काम गर्दछ । सरकार प्रति अटेरी हुन्छ नी भन्ने प्रश्नमा सरकारका निति नियमहरुलाई चुनाव जितेर आएका सबै माननियहरुले कटीबद्ध भएर अनुसाशति भएर लागिरहेको बताए । मधेश भनेको मधेशीहरुको मात्रै नभएर त्यहाँ विभिन्न जातजाति र भाषा भाषिका मानिस बसोबास गर्दै आईरहेको र मधेश शान्तिपुर्ण रुपमा विकाशको बाटो तिर लागिरहेको मन्त्री यादवले बताए । साथै मधेश प्रदेश भनेर साम्प्रदायिक कुरा उठाउने भनेको त्यहाँको जनताले होईन राजनितिक व्यक्तिले मात्रै हो भने ।

मन्त्री यादवले असारे विकाशलाई समेत कटाक्ष गर्दै वर्षादमा गरिने विकाश वर्षाद सरहै केहि छिन मै वगेर जाने गरेकोले दिगो विकाश गर्न नसकिने हुदा अव आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने देखिएको र यसको लागि प्रदेश नम्बर दुईको सदनमा कुरा चलिरहेको बताए प्रस्तुत छ यसै विषय संग सम्बन्धित कुराकानी भिडियो सहित ।