Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

नेकपा मालेको राजधानीमा भव्य विरोध सभा

Tuesday, July 31, 2018 National Power

१५ साउन,काठमाडौं – आज अपरान्ह २ बजे असन–इन्द्रचोकमा नेकपा मालेको आयोजनामा एक कोणसभा गरी विरोध ¥याली भएको थियो । वर्तमान सरकारले नेपाली जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको, विदेशी तावेदारीहरुको निर्देशनमा काम गरेको हुनाले यस्तो देश विरोधी, जनविरोध कार्यको नेकपा मालेले सधैं विरोध गर्ने र राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय अखण्डता संकटमा परेका हुनाले राष्ट्रिय अस्तित्व जोगाउने पक्षमा सबै नेपालीले आवाज उठाउन समेत कार्यक्रमलाई सम्बोधन गर्दै त्यस कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा (मालेका) महासचिव सिपी मैनालीले भनाई राख्नु भएको थियो ।


वर्तमान सरकारले सामान्यभन्दा सामान्य जनताका आधारभूत कामहरु समेत गर्न छोडेर अरु नै नचाहिँदा कामहरुमा व्यस्त भएको र त्यो खालको रवैया निकै डरलाग्दो भएको कार्यक्रमका अर्का वक्ता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष सुवास काफ्लेले धारणा राख्नु भएको थियो ।
त्यसैगरी नेपालमा महिलाहरुको अधिकारमा विभिन्न ढंगबाट प्रहार भएको र सरकारी निजामती, मजदुर लगायत क्षेत्रमा महिलाहरुमाथि हुने अभद्र व्यवहार, यौनहिंसा जस्ता कुराहरु बढेर गएको र त्यस्ता दोषीहरुलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै नेकपा मालेको पोलिट्ब्यूरो सदस्य निलम खड्काले आक्रोश पोख्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी मजदुर संगठनका इन्चार्ज तथा नेकपा मालेका केन्द्रीय सदस्य केदार गिरीले मजदुरहरुमाथि भइरहेको सरुवा आतंक, निजामति कर्मचारीहरुमा कार्य क्षेत्र संयोजनको नाममा आफ्नालाई पायक पार्ने ठाउँमा तानेर सोझासिधा पहुँच नपुग्ने इमान्दारहरुलाई दुःख दिएको हुनाले मजदुरहरुको हकहितको लागि जस्तोसुकै चुनौती उठाउन नेकपा माले समर्थित संगठन लागिरहेको र अन्य मजदुर संगठनसँग गोलबद्ध भएर आन्दोलन उठाउने चेतावनी दिनु भएको थियो ।


यसैगरी प्रगतिशिल युवा संघका केन्द्रिय अध्यक्षा राजन थापाले देशका सम्पुर्ण युवाहरुले राष्ट्रमा बढ्दै गएको भ्रष्टाचारी,कालोबजारी,घुसखोरीहरुलाई सडकमा ल्याएर नाङ्ग्याउने बताएका छन् । त्यसैगरी अनेरास्ववियु पाँचौका केन्द्रीय अध्यक्ष घनश्याम मिश्रले शिक्षामा लगानी सरकारको बालुवामा पानी जस्तो भएको साथै सरकारी र निजी क्षेत्रको विभेदपूर्ण शिक्षा नेपालमा रहेको यसको अन्त्य र समतामूलक शिक्षाको विकासमा सरकारले ध्यान नदिएको हुँदा विद्यार्थीको नैसर्गिक अधिकार सुनिश्चित गर्न अनेरास्ववियू पाँचौले पहल गरी रहेको र सम्बन्धित निकायले यी मूलभूत विषयमा समयमा नै सम्बोधन नगरेमा सशक्त विद्यार्थी आन्दोलन उठाउने चेतावनी दिनु भएको थियो ।
कार्यक्रम इन्द्रचोकबाट भेल भई नारा लगाउँदै ¥याली निकालेर शान्ति बाटिकामा सभा गरी समापन भएको थियो ।