Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम हस्तान्तरण

Monday, July 30, 2018 National Power

१४ श्रावण ,काठमाडौं – किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम संगीता प्रधानलाई हस्तान्तरण गरिएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरि गत असार १८ गते काठमाडौँको आर्मी अफिसर क्लबमा भएको बरिष्ठ नेपाली चलचित्र निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा सङ्कलित रकम बरिष्ठ गायिका संगीता प्रधानलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सुमधुर साँझद्वारा सङ्कलित रकम ४ लाख ५ हजार ५ सय ५१ रुपैया गायिका संगीता प्रधानलाई हस्तान्तरण गरेको थियो । बरिष्ठ गायिका संगीता प्रधान निर्देशक किशोर रानाको श्रीमती हुन् ।

चलचित्र परिवर्तनको छायांकनको क्रममा रानाको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणको क्रममा दुबै मृगौलामा खराबी देखिए पछि निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउन गायिका सुनिता प्रधान, सीमा शाह, गायक सपन श्रेष्ठ, विश्व नेपाली, उदेश श्रेष्ठ र सञ्चारकर्मी मन्दिरालगायतको पहलमा निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझ सम्पन्न भएको थियो ।

उक्त सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ती मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सीमा शाहलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

चलचित्र कान्छी, सिमारेखा, घुम्टो, राँको, एक नम्वरको पाखे, बन्धकी, करोडपतिलगायत १८ भन्दा बढी नेपाली चलचित्र निर्देशन गरेका किशोर राना बलिउडमा समेत काम गरेका व्यक्ति हुन् ।

 

SOURCE : MILAP NEWS