Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

सिभिल होम्समा सम्झौता वमोजिम काम नभएको सेवाग्राहीको गुनासो

Saturday, July 28, 2018 National Power

अरबिन्द्र गौतम / नेशनल पावर , काठमाडौं –  काठमाडौं उपत्यकामा सुलभ मुल्यमा सुविधा सम्पन्न आवास उपलब्ध गराउने भन्दै खुलेको एउटा कम्पनि ( सिभिल होम्स )। जसले खरिदकर्तासँग भएको सम्झौता विपरित काम गरिहेको तथ्य खुलेको छ ।

सिभिलले उपत्यकाका विभिन्न स्थानमा आवासीय भवन निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसारको काम समेत गरेको छैन । उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा गरेर फेज १ देखि फेज ९ सम्म निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा, काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण लगाएतका सरकारी निकायसँग गरेको प्रतिवद्धता विपरित काम गरेको देखिएको हो ।


९० प्रतिशत घर धनीले पाएनन् निर्माण सम्पन्न प्रतिवेदन

सिभिल होम्सले प्लानिङ पर्मिट लिँदा भवन निर्माण सम्पन्न भईसकेपछि मात्र बिक्री वितरण गर्ने भनिएपनि निर्माण नहुँदै बिक्री गरी रजिस्ट्रेसन पारित गरेको छ । यतिमात्र होइन, ९० प्रतिशत घरधनीलाई हालसम्म पनि निर्माण सम्पन्न प्रतिवेदन उपलब्ध गराएको छैन ।

सिभिल होम आवासिय समाज फेज ५ की उपाध्यक्ष रोहणी जोशी सिभिल होम्सले आफूहरुलाई निर्माण सम्पन्नको कागज नदिएको बताउँछीन् । यता सिभिल होम्सको फेज ६ मा घर किनेर बसेका रत्नमेहर बजचार्यको पनि समस्या उस्तै छ । उनले पनि निर्माण सम्पन्न प्रमाण पत्र पाएका छैनन् । त्यतिमात्र होइन, सिभिलले स्वच्छ खानेपानि दिने शर्तको पालना नगरी बोरीङ गरेको धमिलो पानी दिएको र सो पानी पिउन योग्य नभएको उनको गुनासो छ ।

घर दियो, बाटो दिएन

हस्तान्तरण भईसकेका हाउजिङ भित्रका सबै संरचनाको स्वामित्व सामुहिक रुपमा घर धनीहरुको हुनुपर्ने भएपनि सिभिल होम्सले उक्त स्वामित्व हस्तान्तरण गरेको छैन । हाउजिङ निर्माण भएका ठाउँ भित्रको सडक, पार्किङ, पार्क लगायत खुला ठाउँको लालपुर्जा घरधनीलाई हस्तान्तरण गरिएको छैन ।

सिभिल होम्सले निर्माण गरेका हाउजिङभित्र रहेको सडक सरकारी नक्साङ्कनमा समेत कहींकतै पनि देखिदैन । सिभिल होम्सले संयुक्त आवास (हाउजिङ ) निर्माण गर्दा एउटा हरित क्षेत्र निर्माण गर्ने र हरेक घरमा २ वटा रुख रोप्ने प्रतिवद्धता उपत्यका विकास प्राधिकरणलाई बुझाएको छ । तर सो प्रतिवद्धताअनुरुप कुनै पनि हाउजिङमा हरित क्षेत्र निर्माण, वृक्षारोपण, र मठ मन्दिर निर्माण क्षेत्र छुट्याईएको छैन ।

कम्पनीले स्वीकृत भन्दा बढी भवन निर्माण गरी सडक र खुला मैदानको क्षेत्र समेत घटाएको छ । भवन किन्दा आफुहरुलाई कम्पनीले जनाएका प्रतिवद्धता पुरा नगरेपछि पिडीतहरुले अहिले सिभिल होम्स विरुद्ध संघर्ष समिति नै गठन गरेका छन् । सिभिल आवासिय होम्सको फेज ३ का उपाध्यक्ष भिमबहादुर थापा, निर्माण सम्पन्न भएपछि प्रयोग योग्य बनेको घर मात्र क्रेतालाई हस्तान्तरण गर्नुपर्नेमा सिभिल होम्सले त्यसको प्रमाणपत्र बापत भन्दै अतिरीक्त शुल्क नगरपालिकालाई तिराउन लगाएको गुनासो गर्छन् ।

हामीले यो विषयमा बुझ्ना सिभिल ग्रुपका सञ्चालक इच्छाराज तामाङ सँग सम्पर्क ग¥यौं । तर, उनि भीम खरेल सँग सम्मर्क गर्न भन्दै पन्छिए । सिभिल ग्रुपका प्रवक्ता भीम खरेल भने आपूmहरुले नियमविपरित काम नगरेको दाबी गर्छन् । उनि भन्छन्–साना तिना बाहेक ग्राहकसँग गरेको सम्झौतामा कतैपनि तलमाथी भएको छैन ।

यस्तो छ सिभिल होम्सको दादागिरी

संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४ को दफा २४ अनुसार, हरेक फेजमा प्रतिनिधि संस्थाको रुपमा आधिकारिक संगठन हरु खुलेका छन् ।

तर, त्यस्ता समिति वा संगठनहरुलाई नै लक्षित गरि सिभिल गु्रपले बेला बेलामा दुःख दिने, कानुनी झन्झटमा फसाउने, प्रहरी प्रशासनमार्फत् पक्राउ गर्न लगाउने तथा सिमित व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर समितिभित्रै भाँडभैलो मच्चाउने गरेको उनिहरुको आरोप छ ।

सिभिल होम्सका सञ्चालक ईच्छाराज तामाङको हालीमुहालीबाट पीडित हुनेमा उच्च तह तथा नाम कमाएका व्यक्तिहरु समेत छन् । तर, तामाङको पहुँचका अगाडि कसैले केही बोल्न सकेका छैनन् ।

(Source : DINESH DG Blogger)