Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, नांगो आँखाले हेर्न हुन्छ कि हुँदैन ?

Friday, July 27, 2018 National Power

११ साउन, काठमाडौं – २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ । नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।

तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ । साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ । ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् । ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ ।

खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ । धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’

धार्मिक कथा

हिन्दु धर्ममा ग्रहणलाई लिएर धेरै प्रकारका पौराणिक मान्यताहरु छन् । चन्द्र ग्रहणसँग सम्बन्धित एक कथा पनि प्रचलित छ । भनिन्छ एकपटक राहु र देवताबीच लडाइँ भइरहेको थियो । देवता र राक्षस दुवैले अमरताको वरदान प्राप्त गर्न चाहन्थे र अमृत हात पार्न चाहन्थे । त्यहीबेला विष्णुले मोहिनीको रुप धारण गरेर राहुलाई मोहित पारे र उनीबाट अमृत हात पार्न सफल भए । राहुले पनि अमृत पाउनका लागि देवताहरुविरुद्ध अर्को चाल चल्ने विचार गरे । उनले देवताको भेष धारण गरे र अमृत बाँड्ने लाइनमा बसे । तर यो कुरा सूर्य र चन्द्रमाले थाहा पाए । त्यसपछि विष्णु भगवानले राहुको टाउको काटिदिए । त्यसपछि राहुबाट अर्को ग्रह बन्यो, त्यो हो केतु । सूर्य र चन्द्रमाबाट बदला लिनका लागि राहुले दुवैमा आफ्नो छायाँ पारिदिए । जसलाई हामी सूर्य ग्रहण र चन्द्र ग्रहण भन्दछौं । त्यसैले ग्रहणलाई अशुभ र नकारात्मक शक्ति सक्रिय हुने समय मानिन्छ ।

शुभकर्म बर्जित

ज्योतिषहरुले ग्रहण लागेको बेला धेरै शारीरिक र मानसिक कार्य नगर्न सल्लाह दिन्छन् । सनातनी परम्परामा देवदर्शन र यज्ञ लगायतका धार्मिक कार्य गरिँदैन । यस्तो अवस्थामा भजनकीर्तन गर्न सल्लाह दिइन्छ । सूतकको समयमा भोजन गर्न र पानी पिउन समेत नहुने बताइन्छ । ग्रहण लाग्नुभन्दा अगाडि खाने र पिउने कुराहरुमा तुलसीका केही पातहरु राख्ने चलन छ । साथै ग्रहणपछि भाँडाहरुमा राखिएको पानी बदल्नुपर्ने मान्यता छ । तर तामाका भाँडामा राखिएको पानीमा कुश वा तुलसीको पात राखेमा ग्रहणको प्रभाव नपर्ने धार्मिक विश्वास छ ।