काठमाण्डौ – आधुनिक गीति एल्वममा ‘बिहानी’ समाबेश रहेको उदाउँदोको बिहानी बोलको म्ुयजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौमा एक कार्यक्रमको आयोजना गरि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतको म्युजिक भिडियोलाई बिजनेस मेन एस के दाहाल, बरिष्ठ संगीतकार बीबी अनुरागी, चर्चित गायक कमल खत्रीले संयुत्त रुपमा सार्वजनिक गरेका हुन ।

भिडियो एल्बम “बिहानी” को बिमोचन समारोह विशेष अतिथि गायक कमल खत्री सभापति एस के दाहाल अन्य अतिथि पत्रकारहरु माधब खरेल ,गिता अधिकारी ,भोला अधिकारी भागिरथ पोखरेल,लगायतलाई सम्मान गरिएको थियो ।
विशेष अतिथिमा संगीतकार ‘बीबी अनुरागी’ले यो गीत र म्युजिक भिडियो निकै राम्रो बनेको भन्दै गायिकीपनको प्रशंसा गरेका थिए । सार्वजनिक गरिएको गीतमा विजय सिंह र स्वरुपा रसाईलीको आवाज रहेको छ भने विजय सिंह,को संगीत कै संगीत रहेको छ । पूर्ण सिंह’को शब्द,राकेश सोनी’को संगीत संयोजन ,देबेन्द्र कुँवर’को निर्देशन ,जनकराज अधिकारी’को छायांकन रहेको छ भने ,गोबिन डायमन्डले भिडियो सम्पादन गरेका छन् ।
उक्त गीतको भिडियोमा पुस्कर दाहाल र ऋतु तामाङ’को अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई पि एण्ड के ईन्टरटेन्मेन्टले बजार ब्यवस्थापन गरेको छ ।