Wednesday 25th November 2020

    गतिशिल महासंघका लागि सबल नेतृत्व : सुबोधकुमार गुप्ता    कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो    युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस    अदालतका रजिष्ट्रार र श्रेस्तेदारहरुको राष्ट्रिय सम्मेलन सुरु    कक्षा १२ को परीक्षा सुरु

बुढ्यौलीमा जीवनसाथी : यौन होइन, न्यानो आडभरोसाका लागि

Sunday, July 22, 2018 National Power


६ साउन,काठमाण्डौ – जब हामी बुढो हुन्छौं, हाम्रा इच्छा, आकंक्षा, चाहना, रुची, रहर, आशा सबै खुम्चदै जान्छ । अब यस्तो बन्छु, उस्तो गर्छु भन्ने हिम्मत पनि शिथिल हुँदै जान्छ । त्यो अवस्थामा हामी कामबाट अवकास लिइसकेका हुनेछौं । दिन कटाउने माध्याम हुँदैनन् । भलाकुसारी गर्नका लागि साथीभाई पनि हुँदैनन् । एक किसिमले पट्यारलाग्दो हुन्छ, हाम्रो बुढ्यौली । तर, भोलिको यो दिन कस्तो हुन्छ भनेर हामी कहिले पनि घोत्लिदैनौं । वर्तमानमै रमाएर हामी वेपर्वाह बाँचिदिन्छौं । जबकी भोलिको दिन त निश्चित छ नै । बुढ्यौलीबाट त गुज्रिनुपर्छ नै ।

वैंशालु उमेरमा मात्र होइन पार्टनर

जतिबेला हामी बुढ्यौलीमा प्रवेश गर्छौं, जतिबेला हामी एक्लिन्छौं, जतिबेला हामी कमजोर र शिथिल हुँदै जान्छौं, त्यसबेला हाम्रो साहारा हुनेछ, पति वा पत्नी । जीवनको अन्तिम घडीसम्म तन(मनले साथ दिने भनेको जीवनसाथी नै हो । जीवनसाथीको आवश्यक्ता वैंशालु उमेरमा जति हुन्छ, त्यो भन्दा बढी बुढ्यौलीमा । यतिबेला अन्य मानविय अभावसँगै कतिपय शारीरिक अभाव टार्न पनि जीवनसाथीको खाँचो हुन्छ ।

तर, दुखलाग्दो त के भने, जतिबेला हाम्रो शरीर जीर्ण र बुढो हुँदै हुन्छ, त्यसबेला जीवनसंगी पनि गुमाइसकेको अवस्था हुनसक्छ । पति वा पत्नीमध्ये एकजनालाई गुमाइसकेका हुन्छौं । त्यस्तो अवस्थामा जीवन कति उदास हुँदो हो ?

बुढ्यौलीमा जीवनसाथीको खोजी

बुढो उमेरमा कतिले दोस्रो विवाह गर्छन् । हामी सोच्छौं, बुढा वा बुढीको मति बिग्रियो । तर, उनीहरुको भावनात्मक अवस्थालाई हामी पटक्कै बुझ्ने प्रयास गर्दैनौं । बरु, उनीहरुलाई दोष दिन्छौं । मतिभ्रष्ट भएको ठान्छौं । जबकी हरेक मान्छे एक्लोपनको साहारा खोज्छन् । आड(भरोसा खोज्छन् । सामिप्यता खोज्छन् । यस्तो अवस्थामा आफ्नो जीवनसाथी खोज्नु भुल हो रु अपराध हो ? वाल्यकाल एवं किशोरवयमा यस्ता एक्लोपनको अनुभूत हुँदैन । जवानीमा उमेरको जोश र उत्साहको उन्मादमा डुबिएको हुन्छ । यस्तो भागदौडमा कहिले जवानी वित्छ, स्वय्म उसलाई पनि पत्तो हुँदैन । जब उसले वृद्धावस्थामा कदम राख्छन्, तब यो सत्यको बोध हुन्छ । र, जब उसलाई यावत् कुराको महसुष हुन्छ, त्यसबेला समयका सारा पंक्षी हातबाट उडिसकेको हुनेछ ।

एक्लोपनको पीडा

यसबेलाको एकाकीपन के हो रु कस्तो हुन्छ रु यसको विश्लेषण गरिएको छ । यसबाट हुने हानीको विषयमा गरिएका  ध्ययन(अनुसन्धानका थुप्रै तथ्य बाहिर आएको छ । समाजका अलग(अलग बर्ग र समुदायका व्यक्तिहरुसँग कुराकानी गरिएको छ । एक मनोचिकित्सकको अनुभव यस्तो छ, ‘मकहाँ अनेक किसिमको रोगी आउँछन् । त्यसमध्ये जो ५० बर्षभन्दा बढी उमेरका हुन्छन्, चाहे महिला होस् वा पुरुष । उनीहरुको रोगको मूख्य कारण देखिएको छ, एक्लोपन । यही एक्लोपनले उनीहरुलाई बढी सताएको छ ।’ क्रमस आफ्ना साथीसंगी, आफन्त, इष्टमित्रले उनलाई छाडेर आ(आफ्नो कामधन्दामा व्यस्त हुन थाल्छन्, तब उनीहरु एक्लो हुन्छन् । यो एक्लोपनले उनलाई भावनात्मक एवं शारीरिक रुपमा बेचैन बनाउँछ । मनमा अनेक कुरा खेल्न थाल्छ । विगतका स्मृतिहरु आउँछ । यसले मनलाई थप उथलपुथल बनाइदिन्छ । यो बेलामा न औषधी खाएर हुन्छ, न घुमफिर गरेरै हुन्छ ।

बुढ्यौलीमा न्यानो सामिप्यता

मनोचिकित्सकहरु भन्छन्, बुढ्यौलीमा जुन किसिमको मानसिक पीडा हुन्छ, त्यसबाट उन्मुक्त हुने बाटो सीमित छ । त्यसबेला उनीहरुलाई जीवनसाथीको खाँचो हुन्छ । तर, यो साथ यौनका लागि होइन ।’ एक मनोचिकित्सक भन्छन्, ‘उमेरसँगै शारीरिक परिवर्तन आउँछ र यही परिवर्तनले नयाँ(नयाँ आवश्यक्ता पैदा गराइदिन्छ । एक खास उमेरमा यौनको इच्छा तिब्र हुन्छ । तर, पचास बर्षपछि शरीरले यौनको माग कम गर्छ । यस्तो समयमा मानविय भावनाको माग बढी हुन्छ ।’ उनका अनुसार उमेरको कारण यौनको अभिलाषा त आवश्यै कम हुन्छ । तर, साथको अभिलाषा पुरा भएको हुँदैन । र, साथ नमिलेपछि भावनात्मक पीडा हुनथाल्छ ।

विवाह नगर्नुको बेफाइदा

एक व्यक्ति जसले आफ्नो उमेरमा विवाहको आवश्यक्ता महसुष गरेनन् । आफ्ना भाई(वहिनीका लागि आफुनो सम्पूर्ण जीवन विताए । पारिवारिक जिम्मेवारी र साना भाइवहिनीलाई पढाउने, लेखाउने जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनी कामबाट अवकास लिने अवस्थामा आइपुगका छन् । उनी अब चाडै अवकास लिदैछन् । र, यही विन्दुमा आएपछि उनलाई जीवनसाथीको खाँचो महसुष भएको छ । उनीसँग फ्ल्याट छ । ऐश(आरमको सबै साधन छ । बैंक ब्यालेन्स छ । तर, जीवनका सुखदुख सुनिदिने साथी छैन । उनी भन्छन्, ‘जीवनको एक अटुट हिस्सा हो यौन । तर मानविय भावना बढी महत्वपूर्ण हुन्छ ।’ उनकै कार्यलयमा काम गर्ने एक अविवाहित महिला भन्छिन्, ‘म व्यक्तिगत रुपले शारीरिक सम्बन्धलाई त्यती महत्व दिदिन । तर यौनको इच्छालाई दबाएर राख्नुपर्छ भन्ने मान्यता पनि छैन । यौनको कुरा गर्ने हो भने, जब मेरो मासिक स्राव बन्द भएको थिएन अर्थात ४८ बर्षकी भएकी थिइन्, त्यसअघिसम्म यौनलाई म महत्वपूर्ण ठान्ने गर्थें । यो पनि सत्य हो कि, एक्लोपनको कारण यौनको इच्छा अरु तिब्र हुन्छ । सायद असुरक्षाको भावनाले वा बुढो हुँदै गएको सोचाइले, थाहा छेन । तर, यो मेरो व्यक्तिगत विचार हो ।’

अविवाहित हुनु अप्राकृतिक ?

चर्चित स्त्री रोग विशेषज्ञ ई डब्ल्यु फेब्रक्सका चर्चित पुस्तक ‘स्पीन्स्टर एन्ड देअर डिजायर्स’मा लेखिएको छ, जो पुरुष वा महिला अधिक उमेरसम्म पनि विवाहित रहन्छन्, उनीहरु प्राकृतिक नियमको अवहेलना एवं उल्लंघन गर्छन् । प्राकृतिक नियमलाई तोडेर जो अविवाहित रहने फैसला गर्छन्, उनीहरुले आफैलाईं अन्यया गरिरहेका हुन्छन् । यौन मानिसको जीवनको आवश्यक्ता मात्र होइन, अनिवार्य पनि हो । यौनले मानिसको कुष्ठालाई हटाएर सामान्य बन्नमा सहयोग गर्छ । र, साथी पति वा पत्नीलाई समाजमा स्थान एवं प्रतिष्ठा दिलाउँछ । पति वा पत्नी हुनु भनेको केवल शारीरिक भोग मेट्नलाई मात्र होइन । सन्तान पैदा गर्नलाई मात्र होइन । घर(परिवार चलाउनलाई मात्र होइन । जीवनको आखिरी क्षणमा भरपर्दो र आत्मिय साथ खोज्नका लागि हो ।