Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बनेपामा नै रोकिन्छ ट्रिपर, अवदेखी राति ८ बजे देखि विहान ५ वजेसम्म मात्रै चल्ने

Saturday, July 21, 2018 National Power

काभ्रे  – उपत्यकाका ३ तीन जिल्लामा भित्रने ट्रिपरलाई ट्राफिक प्रहरीले बनेपामा नै रोक्ने गरेको छ । निर्माण सामग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने ट्रिपरलाई बनेपामा नै रोक्ने गरिएको ट्राफिक प्रमुखले  वताएका छन् ।

साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ वजेसम्ममात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि जिल्लाको पनौती, पाँचखाल हिवापाटी, खोपासी भकुण्डे लगायतका स्थानमा ट्रिपर रोकिने गरेका छन्, जसले गर्दा रातको समय राजधानी भित्रने ट्रिपरको चाप अत्यधिक हुने गरेको छ ।

राजमार्ग आसपासका स्थानीयहरुले भने राति ट्रिपरका कारण सुत्न नै नपाइने, प्रेसर हर्नले होहल्ला बढी भएको गुनासो गरेका छन् ।रातको समयमा मात्र धेरै ट्रिपर हुँदा व्यवस्थापनमा केही कठिनाई भएको प्रहरी सहायक निरीक्षक भीमसेनविक्रम थापाले बताए ।

काभ्रेमा ट्रिपरले दैनिक दुर्घटना बढाएपछि प्रहरीले टाइम कार्डको व्यवस्था समेत गरेको थियो ।टाइम कार्ड लागु गरेपछि दुर्घटना समेत न्यूनीकरण हुदै आएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

 

_ अरबिन्द्र गौतम