Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

निजी क्षेत्रमा बैंकिङ लगानी बढ्यो, ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

Friday, July 20, 2018 National Power

४ साउन, काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी बढाएका छन् । आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा करिब १९.९ प्रतिशतले कर्जा बढाएको बताएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । वार्षिक बिन्दुगत आधारमा ०७५ जेठमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.० प्रतिशतले बढेको छ ।

६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम् कर्जा घर जग्गा धितो राखेर दिने गरेको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । यसैगरी १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । ०७४ जेठमा मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.१ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिप्ट ९आयात० कर्जा ८३.३ प्रतिशत (रु.५३ अर्ब ७४ करोड) ले वृद्धि भई रु. ११८ अर्ब २७ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

रियल स्टेट कर्जा बढ्यो

राष्ट्र बैंकले पछिल्लो समय उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरुलाई प्रोत्साहन गर्दै आएको छ । बर्सेनि लगानी योग्य पुँजीको अभाव हटाउन भन्दै राष्ट्र बैंकले अनुत्पादनशील क्षेत्रको लगानीमा कडाइ गर्दै आएको छ । अनुत्पादनशील क्षेत्रमा लगानी बढ्दा तरलताको समस्या उत्पन्न हुने गरेको राष्ट्र बैंकको ठहर छ । यस कारण पनि राष्ट्र बैंकले अनुत्पादनशील क्षेत्रको कर्जामा कडाइ र उत्पादनशील क्षेत्रको कर्जा लगानी गर्न बैंकहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

तर बैंकहरुले भने अनुत्पादक क्षेत्रमा नै बढी लगानी गर्ने गरेको पाइएको छ । उत्पादनशील क्षेत्रमा तोकिएको २५ प्रतिशत पनि पुर्याउन नसकेका बैंकहरुले ११ महिनामा रियल स्टेट कर्जामा मात्रै १५ ले बढाएको राष्ट्र र्बैंकले जनाएको छ ।