Thursday 25th April 2019

    ‘नेपाल प्लस साइज मोडल २०१९’ को आयोजना हुँदै ।    राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा    Canadian Film screening in Kathmandu    इएन आई डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक (लिस्ट सहित)    पाँचौ संस्करणको सुन्दरादेवी म्युजिक अवार्डको आवेदन खुल्ला

पेरिसमा विश्व विजेता टोलीको भब्य स्वागत

Tuesday, July 17, 2018 National Power


१ साउन, काठमाडौं – विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा हजारौं भेला भएका थिए । आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो । फ्रान्सले विश्व विजेता टिमलाई देशकै सर्वोच्च सम्मान लिजन दी अनर दिने घोषणा गरिसकेको छ ।

विश्वकप जितेपछि फ्रान्सको हरेक ठाउँमा समर्थकहरुले रातभर खुसी मनायो । त्यसक्रममा केही शहरमा हिंसा समेत भएको थियो । पेरिस, स्ट्राजबर्ग लगायतका स्थानमा झडप भएपछि प्रहरीले अश्रुग्यास हान्नु परेको थियो ।