Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पीएसजीमै बस्ने एम्बाप्पेको चाहना

Monday, July 16, 2018 National Power

काठमाडौं – विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन भूमिका खेलेका युवा स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेनप्रति प्रतिवद्ध देखिएका छन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै रहने बतँएका छन् ।

‘म पीएसजीमै बस्छु, उनीहरुसँगै यात्रा गर्नेछु’ उनले भने । ‘म आफ्नो कसियर सुरु गर्दैछु ।’ क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन् । यो स्थानसम्म पुग्न आफूले धेरै मेहनत गरेको भन्दै उनले भने, ‘तर, यो अन्त्य होइन, हामीले यसलाई जारी राख्नुपर्छ । मलाई अगाडि जाने महत्वकांक्षा छ ।’