Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चलचित्र पत्रकार गीतालाई ओएस नेपाल पत्रकारिता सम्मान

Monday, July 9, 2018 National Power

काठमाडौं –  मिलाप मासिक र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक गीत अधिकारीलाई ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित गरिएको छ । राजधानीमा आइतबार भएको दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५‘मा गीतालाई सो सम्मान प्रदान गरिएको हो ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद कोमल वली, पत्रकार ऋषि धमला ओएस नेपालका बिबेक कार्कीलगायतले अधिकारीलाई माला, खादा सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, टिभी टुडेका रमेश बस्नेत, रातोपाटी डटकमका कुवेर गिरीले समेतले ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमा हिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाईलो छका उत्सब रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिता प्रोत्सान २०७५’ पुरस्कार प्रदान गरिएको थियो ।