Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रधानमन्त्रीको निर्देशनमा मलाई छापामार शैलीमा समातियो : उपकुलपति कोइराला

Sunday, July 8, 2018 National Power

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् ।

क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आज आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोईरालाले यस्तो आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको समेत आरोप लगाए । त्यसैगरी उनले कम्युनिष्टले संस्कार र र सस्कृति मास्न लागेको आरोप समेत लगाए ।
उनले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो पोखे । उनले भने,‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाईएन।’
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने,‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको थिएँ, मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो, यो खेदजनक छ, यो अपमान मप्रतिमात्रै नभएर सिँगो प्राज्ञिक जगतमाथिको अपमान हो।’
उनले अघि थपे,‘यो पटक मैले त्यही विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर, किन रोकियो ? मेरो विदाको निवेदनको फाइल किन लुकाइयो।’

उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्र्तराष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेईज्जती भएको दुःखेसो पोखे ।
प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने,‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’
यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ।’
हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।
उनले भने,‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीलेपनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो, हामीले अनुमान गरेका थियौं कालिदासले कुनै डिग्री लिएका थिएनन्, कति वैज्ञानिकहरुले विश्वविद्यालयको आँगन टेकेका थिएनन्, हामी सबै बुझेका मानिस त होईनौं तर तपाईहरुभन्दा केही जान्दछौं, मलाई यो किसिमको अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिईरहेका छैनन् ।’
उपकुलपति पद छोडिदिनुपर्यो भनेर सरकारले भन्दा नमान्नु भएको स्थितिमा आजको दिन आएको हो अरे नि ? भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा उनले भने,‘एकदिन वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हामी १० जना उपकुलपतिलाई बोलाएर छोड्नुपर्यो भनेर भन्नुभएको थियो, हामीले नियम र प्रक्रिया छ, हामी त्यसअनुरुप बाहिरिन्छौं भनेका थियौं, तर मेरो एक हप्ताको बिदा १० दिन टेबुलमा थन्काईयो कुनै जवाफ नदिएर मलाई विमानस्थलबाट पक्राउ गरियो ।’

‘म पिकनिकको लागि क्यानडा जान लागेको थिईँन्’

नेपाल प्राज्ञिक संघका अध्यक्ष प्रा. रामेश्वर उपाध्यायले शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोईरालालाई पक्राउ गर्नु आपत्तिजनक र सरकारको गम्भिर भूल भएको टिप्पणी गरेका छन् ।
उनले भने,‘सरकारले निर्धारित कार्यक्रमको लागि क्यानडा जानबाट उपकुलपतिलाई बञ्चित गर्नु स्वभाविक होईन, विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि विमानस्थल पुगेका आफ्नै उपकुलपतिलाई अपहरण शैलीमा पक्राउ गरेर जहाज छुटेपछि छोड्नु तानाशाही शैली हो, सरकारलाई दुईतिहाईको भूत चढेको छ, कुनै कारण नदेखाएर अपमान गर्नु सामान्य कुरा होईन, १११ देशले भाग लिने उक्त सम्मेलनमा जान लागेको उपकुलपतिलाई रोकेर सरकारले के गर्न खोज्दैछ ? सरकारका यस्ता गलत प्रवृत्तिले उसलाई नै अफ्ठ्यारोमा पार्छ, गणतन्त्रको लागि हाम्रा मित्रहरु सहिद बन्नुभएको छ, प्रधानमन्त्रीले आफ्नोमात्रै अधिकार हो जस्तोगरि सरकारमा बसेर सत्ताको दुरुपयोग गर्नुभएको छ, हामी टुलुटुलु हेरेर बस्दैनौं ।’
उपाध्यायले वर्तमान सरकारले प्राज्ञिक स्वतन्त्रता र प्राज्ञिक विद्यतालाई सम्मान गर्न नसकेको समेत गुनासो पोखे ।
नेपाल कर्मचारी संघका प्रतिनिधि रमेश जोशीले ८० प्रतिशत हिन्दुहरु रहेको नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्नु गल्ती भएको बताएका छन् ।
उनले भने,‘नेपालमा ८० प्रतिशत हिन्दुहरु बसोबास गर्ने मुलुक हो तर धर्मनिरपेक्षता घोषणा गरियो, पछिल्लो समयमा सरकार निरंकुश बन्दै गईरहेको छ, बहुमतको दम्भले सरकार चलेको छ, तानाशाह शैलीको घोर भत्सर्ना गर्दछु ।’