Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको ८औं वार्षिक उत्सव तथा साँगितिक धमका भब्य रुपमा सम्पन्न

Sunday, July 8, 2018 National Power

कुबेत – हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था ले आफ्नो ८औं वार्षिक उत्सव तथा १२ औं प्रस्तुती अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती साथमा सभ्य र भब्य किसिमले सम्पन्न भएको छ ।

निर्धारित १२ बजेको समय भन्दा केही ढिला सुरु भएको कार्यक्रम साझ सम्म चलेको थियो लोक गयाक बिबि।मल्ल ठकुरी ले संचालन गरेको कार्यक्रममा । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पौडेल को सभापतित्व रहेको थियो। भने कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतवास कुवेतबाट पल्नु भएका दुतिया सचिव ज्ञान बादुर मगर,दुताबासकै तृतीय सचिब सुरेश अधिकारी, बिशेष अतिथि रहेका थिए भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो ्रकार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि द्यभ्ऋ एक्सचेन्ज कुवैत ले मुख्य प्रयोजन गरेको कार्यक्रम मा कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए । लालीगुराँस परिवार को कोषअध्यक्ष डिबी भुसाल ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । नेपाली राजदुतावास कुवेतका दुतिया सचिव ज्ञान बादुर मगर, पत्रकार महासंघ कुवेत साखाका उपअध्यक्ष नबारज पन्थी,ले लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको मुख्य आकर्शण चर्चित गयाक अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती पन्चेबाजा साथ हल प्रबेश गराउदै स्टेजमा प्रबेश गर्दा सम्पूर्ण दर्शकहरुले जोड्दार तालिका साथ स्वागत गर्दै कलाकारलाई खुशी प्रदान गरएका थिए।

नेपाल बाट पाल्नु भएका अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती ले आफ्नो बहुचर्चित गीत गायर दर्शकलाई नचाउँन कुनै कसर बाकी राखेनन । भने कुबेत मा भएका कलाकार पनि के कम गयाक डीबी लोप्चन, राजु थापा, इन्दा योञ्जन, बिशाल पाख्रिन, राजेन्द्र बिरही, हास्य कलाकार सोम रसाइली,सुनिल परिवार लगायतका कलाकारहरुले पनि जोडदार प्रस्तुति पस्किएर उपस्थित पाहुना दर्सक हरु सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए । नेपाल बाट पल्नु भएका अतिथी कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थिए।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष माधव पौडेल ले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ(संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र(भलादमी, पत्रकार,खेलाडी, तथा नेपाल बाट पल्नु भएका अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थीए।