Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

भीमसेनको कान्छी सार्वजनिक

Wednesday, July 4, 2018 National Power

काठमाडौं – २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि साङ्गीतिक क्षेत्रमा कमब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो । आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए । उनी भन्छन, ‘म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर, अब म गायन क्षेत्रमै फर्किएको छु ।’


मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले सङ्गीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज ६ महिना अघि रिमेक लिएर आएका लामाले अहिले नयाँ गीत ‘हे कान्छी।।।’ लिएर आएका छन् ।
‘हे कान्छी।।।’लाई राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मङ्गलवार नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी।।।’ सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगर पालीका वडा नं। ३का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई नयाँ आगमनका लागि बधाई तथा शुभकामना दिएका थिए ।

मिलाप मासिकको आयोजनामा भएको कार्यक्रमको सहजिकरण मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन ।
विकाश सिल्वालको शब्द र सङ्गीत रहेको ‘हे कान्छी।।।’को भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा पूणिमा लामा, दोर्जे लामा र एलीना गुरुङलाई फिचरिङ गरिएको छ । विकाश भुजेलको एरेञ्ज, दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो ।

कार्यक्रममा गायक शिशिर योगी, सङ्गीतकार रामजी नेपाली, गीतकार सुरेन्द्र राना, साहित्यकार नरप्रसाद धिताल, बरिष्ठ छायाँकार प्रकाश मास्के, दीर्घ गुरुङ, सडकपेटी हरियाली अभियन्ता केपी पौडेललगायतका व्यक्तित्वहरु र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

भीमसेन टी लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात चलचित्र क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो चलचित्र सीमारेखा थियो । जुन चलचित्र २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा चलचित्रको अफर आएको लामाले बताए ।
एउटी सुन्दरी म माथि मर्छे’ र पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत भीमसेनका त्यतिबेलाका चर्चित गीत थियो । उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् । आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा रहेको बताए । ‘गएको वर्ष रेडियो नेपालबाट विशिष्ठ गायकको सम्मान पाएको थिए, उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको हुँ’ भीमसेनले भने ।