Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका १४ आगिंक क्याम्पस

Tuesday, July 3, 2018 National Power

१९ असार , अछाम/टेकराज भण्डारी  – अछाम जिल्लाको पुरानो जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नम्बर ७ का १४ ओटा सामुदायिकक्याम्पसहरुलाई आगिंक क्याम्पसको रुपमा समायोजन गरे संगै जनता बहुमुखी क्याम्पस पूर्ण सरकारी क्याम्पस बनेको हो । विश्वविद्यालयले प्रदेश ७ का १४ ओटा क्याम्पसमा कार्यरत ४ सय ४४ प्राध्यापक कर्मचारीहरुलाई क्याम्पस प्रमुख मार्फत नियुक्ती पत्र समेत प्रदान गरेको छ ।

विगत ८ बर्षदेखीको संघर्षपछि सामुदायिक क्याम्पसहरु आगिंक बन्न सफल भएका हुन । लामो समयदेखि प्रक्रियामा लागेका थियौँ, अहिले उपलब्धि हाँसिल गरेका छौं, जनताका बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद जैसीले बताउनु भयो । विश्वविद्यालयका भीसी भुषण श्रेष्ठसंग सम्झौता पत्र आदानप्रदान भई क्याम्पस आंगिक भएको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुँवरले बताउनु भयो ।

झन्डै साढे चारसय दरबन्दी सृजना गरेर सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालय नेपालकै सबैभन्दा ठुलो विश्वविद्यालय समेत बनेको भीसी श्रेष्ठको दाबी छ ।

यसअघि आगिंक क्याम्पस समायोजन कार्यविधि २०७४ संसोधनको माग गर्दै सर्वोच्च अदालतमा गत फागुनमा परेको रिट निवेदन खारेज भएपछि समायोजनको बाटो खुलेको थियो । सुदूरपश्चिम बिश्वबिद्यालय अन्तरगत दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, टिकापुर वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पस बनेका छन् ।