Friday 1st July 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अमृत र सबिनाको “रातो माटो”बजारमा

Monday, July 2, 2018 National Power

काठमाडौँ – भेगीय हिसाबले पछिल्लो समयमा काँठ क्षेत्रका लोक तथा दोहोरी अलि ओझेलमा परेको हो कि भन्ने महसुस भैरहेको अवस्थामा , त्यो अवस्थाबाट सबै संगीत पारखीहरुका लागि बन्चित गराउन यति बेला अमृत खाती र सबिना कुँवरको संयुक्त प्रस्तुति “रातो माटो” बोलको गीत भर्खरै बजारमा आएको छ ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिको लागि जुर्मुराएका गायक अमृत खाती र सबिना कुँवरको सुमधुर स्वर रहेको छ । गायक खाती पछिल्लो समयमा देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त गायक हुन् ।

प्रस्तुत गीतलाई लय शब्द नयन सोडारीले भरेका छन् गीतको मिठास्ता जस्तै भिडियोलाई पनि अत्यन्त आकर्षक बनाउने कोसिस गरिएको छ भिडियोलाई सन्जिब ठकुरी, सपना मल्ल, दिनेश सापकोटा र ब्लनभदिकप रहेको छ । भिडियोलाई निर्देशन मौसम हिमाली, छायांकन बासु बराल र सम्पादन मनोज कार्कीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।