Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

रोकायले जापानवाट यसरीलेखे डा. गोविन्द के.सी.लाई चिठी

Monday, July 2, 2018 National Power

डा. गोबिन्द के. सी. ज्यु
गङ्गा माया अधिकारी ज्यु,

यो देशको न्याय र समान्ताको लागि सुरु गर्नु भयको लडाइँ आजको बिन्दुमा आइपुग्दासम्म राज्यले पुरै बेवास्ता र उदासिन्ता देखायको छ । तपाइहरुको यो लडाइँ सिङ्गो तिनकरोड जनताको न्याय र अधिकारको लागि हो भन्ने सबै नेपाली जनताले बुझेका छन । राज्यको निरंकुश र तानाशाह प्रवृत्ति बिरुद्धको यो लडाइँ तब मात्र सकिने छ जब हत्यारा हरु जेल भित्र हुनेछन् अनि जनताले सुलभ र सरल तरिकाले स्वास्थे सेवा गाउगाउमा पाउने छन । अनि जनताका छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्पाउने छ्न । न्याय र स्वास्थे भित्रका सबै खाले जालझेल र षड्यन्त्र हरुको प्रदाफास र त्या भित्रका कु पात्र र माफियाको पुण रुपमा अन्त्य हुनेछ । यहाँ न्याको दियो माथी प्रहार गर्ने अनि राज्यको जिम्मेवार निकायमा बसेर कानुन खल्तीमा हाल्दै न्यायको लागि लड्ने लाई आवाज बन्दगर्ने,न्यायको आवाजको लागि कलम चलाउनेको हात भाच्ने हरुको अन्त्य र सत्यानास नभय सम्म यो देशमा न न्याय मिल्ने छ न त समानता नै हुनेछ । यहाँ न्यायलाई र जनताको स्वास्थेलाइ पैसामा किनबेच गर्ने हरु अनि न्याय र समानताको माथी दलाली गर्दै कमिसका बिटा बुझ्ने हरुले गर्दा नै यो देशमा हजारौं उपचार नपायर मर्दैछन अनि लाखौं न्यायको लागि लड्दै न्याय नपायर जीवन सकिन्छ । यो देशका केही जुका हरुले नेपाली जनतालाई चुसिरहेका छन । तिनिहरुको अन्त्य,न्याय र समान्ताको लागि तपाहरु कम्जोर भयर होइन शक्तिशाली हुन आवस्यक छ । एक्काइसौं सताब्दिमा न्याय र समान्ताको लागि अनि जनताको नैसर्गिक अधिकारको लागि लडाइँ गर्नु पर्ने यो कस्तो राज्य हो बुझ्नै गारो छ । यो लडाइँ सुरु भयको धेरै भयो तर यहा आवाज लाई बन्द१गर्ने अनि अँध्यारो कोठामा बसेर कमिसनको लागि बार्गेनिङ गर्ने हरुले गर्दा सबै ठाउ कब्जा गरेर बसेका छन् ।

मेरो अनुरोध तपाहरु मरेर कसैले न्याय दिने छैनन् । यहाँ कोहि मरोस बाचोस कसैलाई मतलब छैन । नेपाली आमाका सच्चा सपुतहरुले अब न्याय र समान्ताको यो लडाइँ ती देश सिद्दाउने,जनता चुस्ने र पैसाको लागि न्याय र अधिकार बाट बन्चित गर्ने राच्चेस हरुलाइ धोस्त पार्न आधी हुरु ल्याउन आवस्यक छ । यहा मान्छे मर्ने छन तर न्याय पाउने छैन अनि बिरामी मर्ने छ तर सुलब र गुणस्तरिय सेवा पाउने छैन । तेसैले तपाइहरु मरेर होइन बाचेर यो लडाइँ लड्नु पर्छ । नेपाली जनताले यो लडाइँमा निस्वार्थ भाबले सहयोग गर्न आवस्यक छ । अन्यथा ज्यान जानेछ यहाँ न्याय पाइने छैन । तपाईंहरु मरेर होइन बाचेर न्याय र समान्ताको यो युद्धमा होमिन आवस्यक छ ।

अन्यथा यहाँ न्यायको लागी भिक माग्दै ज्यान जाने छ अनि स्वास्थे सेवा नपायर कैयौं नागरिकले ज्यान गुमाउनु पर्ने छ । जरो आउँदा र खोकी लाग्दा सिङ्गापुर र दिल्ली पुग्नेले न्याय नपाउदाको पिडा र उपचार नपायर छट्पटीदाको पिडा कहिलेही बुझ्ने छैनन् ।

 

लेखकको निजि भनाई
- बिष्णु रोकाया (जापान)