Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

तपाईं जुलाईमा जन्मनु भएको हो ? जुलाईमा जन्मनेहरू रहस्यवादी

Monday, July 2, 2018 National Power

तपाईंको जन्म कुनै पनि सालको जुलाई महिनामा भएको हो भने एस्ट्रोलोजी भन्छ तपाईंलाई बुझ्न निकै कठिन छ । तपाई अत्यन्त मुडी एवं रहस्यवादी हुनुहुन्छ । कहिले अचानक खुसी हुनुहुन्छ र कहिले दिमागको पारो तात्छ स्वयंलाई समेत थाहा हुँदैन । एउटा कुरा जुन तपाईंमा एकदम स्पेशल हुन्छ, त्यो हो- तपाईंको मन । तपाइंको मन अत्यन्त कोमल हुन्छ । अर्को विशेषता के भने तपाइर्ंमा जीवनप्रतिको दृष्टिकोण एकदम क्लियर हुन्छ । कहिले, कति, कहाँ र कसरी बोल्नुपर्छ यो कुरो अरूले पनि तपाईंसँग सिक्दा हुन्छ । तपाईंमा प्रबन्धन क्षमता पनि गजबको हुन्छ ।

तपाईं आफ्नो घरको कुलदीपक हुनुहुन्छ । तपाईंमा प्रतिभा त विशिष्ट हुन्छ तर त्यो उजागर हुन भने विरलै मात्र सम्भव हुन्छ किनभने बिनामतलबको अल्छ्याइँले प्रगति हुन दिँदैन । अरूका लागि कठिन काम तपाईं सहजै गर्न सक्नुहुन्छ तर भरे ‘गरुँला नि’ ‘भइहाल्छ नि’ भन्ने बानीले गर्दा तपाईंबाट उक्त काम हुँदैन । यसलाई यसरी पनि भन्न सकिन्छ, तपाईंको मुड हरेक समय आफ्नो प्रगति हुने काममा पनि बन्दैन तर जब बन्छ नि, तपाईंलाई कसैले रोक्न सक्दैन । प्रसिद्धिको झन्डा गाढेर मात्रै सास लिनुहुन्छ । नराम्रो नमान्नुहोला, तपाई अलिकति डिप्लोमेटिक पनि हुनुहुन्छ ।

जोसँग काम निकाल्नु छ उसलाई आफ्नो प्रशंसक बनाउन कुनै कसर छोड्नुहुन्न र जोसँग आप्mनो कुनै मतलब सिद्ध हुँदैन तीसँग सम्बन्ध राख्ने कुरामा विश्वास गर्नुहुन्न । सामान्य अवस्थामा सार्‍है कुल देखिनुहुन्छ तर जब हट हुनुहुन्छ नि त्यतिबेला तातो तावा त के हो र ! तर अचम्म, मात्र आधा घन्टा वा अझ कम समयमै यस्तो देखिनुहुन्छ कि केही भएकै छैन । तपाईंको क्रोध धेरै बेर टिक्दैन ।

कुनै संस्थाको प्रमुख वा हाकिम हुनुहुन्छ भने तपाईंको अधीनका कर्मचारीहरूले तपाईंको रिस हुँदाहुँदै पनि रुचाउँछन् । घरमा पनि तपाई सबैको प्रिय र पुलपुल्याइएका कारण मान खोज्ने खालको हुनुहुन्छ । यो महिनामा जन्मनेहरू अक्सर खेलाडी वा विजनेसम्यान हुन्छन् । शेयर मार्केटिङको गणितमा सार्‍है कुशल हुन्छन् । गणित कमजोर भए पनि सम्बन्धको गणित भने सार्‍है सुन्दर तरिकाले हल गर्छन् । कहिल्यै पनि पैसाको परवाह गर्दैनन् र यिनीहरू खल्ती कहिल्यै खाली पनि हुँदैन । घर सुन्दर बनाउन सिपालु हुन्छन् ।

प्रेमको सवालमा यिनीहरूजस्तो गहिरो एवं समर्पित व्यक्ति पाउन मुस्किल हुन्छ । खासमा यिनीहरूलाई सहजै कसैसँग प्रेम हुँदैन । यिनीहरू हत्तपत्त कसैसँग प्रभावित हुँदैनन् तर जब हुन्छन् उनीहरूलाई सजिलै छोड्दैनन् । यिनीहरू व्यक्तित्व यति आकर्षक हुन्छ कि कसैलाई आकषिर्त गर्नका लागि अतिरिक्त मेहेनत गर्नै पर्दैन । यिनीहरू हतारको सिकार हुँदैनन् । प्रेमको मार्गमा हरेक कदम सोचविचारपूर्वक अघि बढाउँछन् । केही गरी भूलवश गलत कदम चाले पनि तुरुन्तै सम्हालिन्छन् । साथी गलत छन् भने त्यो कुरा यिनीहरूलाई थाहा भइहाल्छ अर्थात् कसैले पनि यिनीहरूसँग कुरा लुकाउन सक्दैनन् । सिक्स्थ सेन्सको प्रयोगका मामिलामा यिनीहरू अब्बल हुन्छन् । यिनीहरूमा सच्चा मानिसको परख गर्ने तागत हुन्छ ।

जुलाईमा जन्मने महिलाहरू समाज कल्याणका लागि जन्मेका हुन्छन् । संघर्षका कारण सिर्जत जतिसुकै पीडा र दुःखमा पनि यिनीहरूको ओठमा मुस्कान नाचेकै हुन्छ । असाधारण प्रतिभा हुन्छ तर उचित समयमा अवसर नमिल्नाले निराश रहन्छन् । यिनीहरूलाई जीवनमा सदैव अरूभन्दा अगाडि रहने प्रबल चाहना हुन्छ त्यसैकारण प्रगति गर्छन् । यिनीहरू सबैको प्यारी त हुन्छन् तर प्रेमको मामिलामा भाग्यले साथ दिँदैन । अत्यधिक संवेदनशील हुने भएकाले निके दुःख पाउँछन् तर मन कोमल एवं कपटरहित हुने भएकाले दुःख सहजै बिर्सन्छन् पनि ।

भाग्यशाली नम्बरः ४, २, ९

भाग्यशाली रंगः सुन्तला, पहेँलो र नीलो

भाग्यशाली दिनः सोमबार, शुक्रबार र शनिबार

भाग्यशाली रत्नः हीरा (चाँदीसँग लगाउने) ज्योतिषीय परामर्श आवश्यक