Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

गायक एकोनले आफ्नो सपनाको शहर बसाउने, उपहारमा पाए दुई हजार एकड जमिनः एकोइन मुद्रा पनि चलाउने

Friday, June 29, 2018 National Power

१५ असार-अमेरिकी गायक एकोन ९४५० ले सेनेगलमा एउटा नयाँ शहर बनाउने योजनामा छन् । त्यहाँ उनी आफ्नै नामको क्रिप्टोकरेन्सी एकोइन चलाउनेछन् । यसका लागि सेनेगलका राष्ट्रपति म्याकी सालले उनलाई दुई हजार एकड जमिन उपहारस्वरुप दिइसकेका छन् । एकोनले आफ्नो यो महत्वाकांक्षी परियोजनाको खुलासा ‘ब्रान्डिङ अफ्रिकाः ब्लकचेन, आन्टप्रेन्योरशिप एण्ड इम्पावरिङ द फ्युचर प्यानल’ मा गरेका हुन् ।

उनका अनुसार नयाँ शहरको नाम एकोन क्रिप्टो सिटी हुनेछ । एकोनलाई विश्वास गर्ने हो भने एकोइन थुप्रै कारणसहित अफ्रिकालाई बचाउने किसिमको हुनेछ । यो एक मोबाइल एपमार्फत संचालित हुनेछ । नयाँ शहरमा कुनै पनि देशको नागरिक आउने अनुमती हुनेछ र यहाँ कुनै सरकारको नियन्त्रण रहँदैन ।

सपनाको शहर हुनेछः

एकोनको वेबसाइट ‘एकोइन’ ले सेनेगलमा बन्ने शहरको वास्तविक जीवनलाई वाकन्डा ९अफ्रिकी कल्पनाको एक हाइटेक शहर० बताएका छन् । वाकन्डामा ठूल्ठूला नदि–पहाडका साथै अधुनिक युगको प्रविधी, ठूल्ठूला भवन र वैज्ञानिक प्रयोगशाला हुनेछन् । नयाँ शहर सेनेगलको राजधानी डकारभन्दा थोरै टाढा हुनेछ । यहाँ घर, पसल, पार्क, युनिभर्सिटी, स्कूल र स्टेडियम हुनेछ । फेब्रुअरीमा रिलिज भएको ब्ल्याक प्यान्थर फिल्ममा वाकन्डालाई देखाइएको थियो । फिल्मले १।३ बिलियन डलरको कमाई गरेको थियो ।

सेनेगल मूलका हुन् एकोनः

एकोन अमेरिकाको मिसौरी राज्यमा जन्मिएका हुन् । सेनेगलमा नै उनको बाल्यकाल बित्यो । एकोनसँग दक्षिण अफ्रिकामा एउटा हिराको खानी छ । उनी एक गायक–र्यापर, लेखक, रेकर्ड प्रोड्युसर र नायक हुन् । उनको नेटवर्थ ८० मिलियन डलर छ । एकोन सन् २०२० मा अमेरिकाको राष्ट्रपतिको चुनाव लड्न चाहन्छन् । उनले आफ्नो प्रतिद्वन्द्वीको रुपमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई हेर्न चाहन्छन् । सन् २०१० मा फोर्ब्सको सेलिब्रिटी सूचीमा उनी ८० औं स्थानमा थिए ।