Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

गायक एकोनले आफ्नो सपनाको शहर बसाउने, उपहारमा पाए दुई हजार एकड जमिनः एकोइन मुद्रा पनि चलाउने

Friday, June 29, 2018 National Power

१५ असार-अमेरिकी गायक एकोन ९४५० ले सेनेगलमा एउटा नयाँ शहर बनाउने योजनामा छन् । त्यहाँ उनी आफ्नै नामको क्रिप्टोकरेन्सी एकोइन चलाउनेछन् । यसका लागि सेनेगलका राष्ट्रपति म्याकी सालले उनलाई दुई हजार एकड जमिन उपहारस्वरुप दिइसकेका छन् । एकोनले आफ्नो यो महत्वाकांक्षी परियोजनाको खुलासा ‘ब्रान्डिङ अफ्रिकाः ब्लकचेन, आन्टप्रेन्योरशिप एण्ड इम्पावरिङ द फ्युचर प्यानल’ मा गरेका हुन् ।

उनका अनुसार नयाँ शहरको नाम एकोन क्रिप्टो सिटी हुनेछ । एकोनलाई विश्वास गर्ने हो भने एकोइन थुप्रै कारणसहित अफ्रिकालाई बचाउने किसिमको हुनेछ । यो एक मोबाइल एपमार्फत संचालित हुनेछ । नयाँ शहरमा कुनै पनि देशको नागरिक आउने अनुमती हुनेछ र यहाँ कुनै सरकारको नियन्त्रण रहँदैन ।

सपनाको शहर हुनेछः

एकोनको वेबसाइट ‘एकोइन’ ले सेनेगलमा बन्ने शहरको वास्तविक जीवनलाई वाकन्डा ९अफ्रिकी कल्पनाको एक हाइटेक शहर० बताएका छन् । वाकन्डामा ठूल्ठूला नदि–पहाडका साथै अधुनिक युगको प्रविधी, ठूल्ठूला भवन र वैज्ञानिक प्रयोगशाला हुनेछन् । नयाँ शहर सेनेगलको राजधानी डकारभन्दा थोरै टाढा हुनेछ । यहाँ घर, पसल, पार्क, युनिभर्सिटी, स्कूल र स्टेडियम हुनेछ । फेब्रुअरीमा रिलिज भएको ब्ल्याक प्यान्थर फिल्ममा वाकन्डालाई देखाइएको थियो । फिल्मले १।३ बिलियन डलरको कमाई गरेको थियो ।

सेनेगल मूलका हुन् एकोनः

एकोन अमेरिकाको मिसौरी राज्यमा जन्मिएका हुन् । सेनेगलमा नै उनको बाल्यकाल बित्यो । एकोनसँग दक्षिण अफ्रिकामा एउटा हिराको खानी छ । उनी एक गायक–र्यापर, लेखक, रेकर्ड प्रोड्युसर र नायक हुन् । उनको नेटवर्थ ८० मिलियन डलर छ । एकोन सन् २०२० मा अमेरिकाको राष्ट्रपतिको चुनाव लड्न चाहन्छन् । उनले आफ्नो प्रतिद्वन्द्वीको रुपमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई हेर्न चाहन्छन् । सन् २०१० मा फोर्ब्सको सेलिब्रिटी सूचीमा उनी ८० औं स्थानमा थिए ।