Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सोलुखुम्बु दुर्घटना अपडेटस् ६ जनाको सनाखत

Friday, June 29, 2018 National Power

१५ असार, सोलुखुम्बु – सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा उदयपुर सिरिसे-८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् ।

यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर प्रद्युम्न कार्कीले जानकारी दिए ।

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । खड्कालाई काठमाडौं पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए ।  शुक्रबार बिहान को १ झ १८६० नम्बरको जीप सोलुको दूधकुण्ड नगरपालिका-११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट करिब साढे ७ बजेतिर तल खसेको थियो ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार गरेका थिए । प्रहरी ढिलो मात्र घटनास्थलमा पुगेको थियो ।