Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मलेसियामा अमृत खातीले २ वटा अवार्ड जिते

Monday, June 18, 2018 National Power

क्वालालम्पुर –  नेपाल वाहिर अवार्डका कार्यक्रमहरु गर्ने क्रममा यस पटक नेपाल टेलिकमद्धारा प्रायोजित नेपाली म्यूजिक भिडियो अवार्ड मलेसियाको क्वालालम्पुरमा भव्य रुपमा नेपाली म्युजिक भिडियोको विशेष अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।।

जसमा नेपालकी चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठ लोकदोहरी उत्कृष्ट अवार्डवाट अवार्डेट बनेकी छन्। आँधी गाग्रो पानी छल्किन्छ बोलको लोकदोहरीको लागि गायिका श्रेष्ठलाई अवार्डेट गरेको हो।

गायिका श्रेष्ठको साथमा यस गीतमा डीबी लोप्चनको पनि गायन रहेको छ। अर्का गायक अमृत खातीको गायन रहेको गीत बीउ खायो किरैले त दुई वटा अवार्ड प्राप्त गरेको छ। साथमा विशेष प्रतिभा सम्मान पनि गायक खातीले प्राप्त गरेका हुन्।


त्यसैगरेरविशेष नव प्रतिभा अवार्ड सपना गुरुङ्ग, लोकगीत विधाबाट गायक डीबी लोप्चन, गायिका अमृता लुङेली मगर, प्रकाश कटुवाल र मोडेलमा सन्जिव ठकुरी, नव– गायिका स्मृति गौतम लगायत नायक पल शाह, नायिका आचल शर्मा,गायक अनिल सिंह, गायिका जुना प्रसाईं लगायत २ दर्जनभन्दा बढी नेपाली कलाकारहरु अवार्डेट बनेका छन्।