Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

गृहमन्त्री बादलदेखि अर्थमन्त्री डा.खतिवडासम्मको पदावधि आज फैसला हुँदै

Monday, June 18, 2018 National Power

४ असार, काठमाडौं –  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि कति होला रु आज राष्ट्रियसभाका ५९ सदस्यको भाग्य फैसला हुँदै गर्दा अध्यक्ष तिमल्सिनाले पनि गोला तानेर आफ्नो भाग्य निर्धारण गर्नुपर्नेछ । अनौठो संयोग त के छ भने राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ । प्रदेश चारबाट निर्वाचित खुला तीन सदस्यमध्ये तिमल्सिना अध्यक्ष छन् भने दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता र सुरेन्द्रराज पाण्डे प्रमुख विपक्षी दलको नेता छन् ।

उनीहरुमध्ये गोला तानेर एकजनाको २ वर्ष, अर्को एकजनाको चार वर्ष र तेस्रो व्यक्तिको ६ वर्ष पदावधि तय हुनेछ । त्यस्तै गृहमन्त्री रामवहादुर थापा बादल र अर्थमन्त्री डा.युवराज खतिवडाको भाग्य फैसला पनि आजै हुनेछ । बादलको सांसद पदावधि २ वर्ष, ४ वर्ष वा ६ वर्ष कति भन्ने गोला तानेर तय हुनेछ । प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका बादलसँगै नेपाली कांग्रेसका राधेश्याम अधिकारी र नेकपाका बलराम बास्कोटाले गोला तान्नेछन् । त्यस्तै अर्थमन्त्री डा।युवराज खतिवडाले राष्ट्रपतिबाट मनोनित तीन सांसदबीच गोला तान्नुपर्नेछ । खतिवडा,रामनारायण बिडारी र डा।बिमला राई पौडेलमध्ये कम्तिमा २ र बढीमा ६ वर्षको कार्यकाल हुनेछ ।

यसरी हुनेछ गोलाप्रथा

राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन आज संसद् भवनमा गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधि तय गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए । सो कार्य विधि अनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पट्याएर राखिनेछ ।

सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् । बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर टिप्न लगाइनेछ । सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुँयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वाचित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् । दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुनः ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ । अन्य खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।